बर्दिबास । हास्य कलाकार दम्पती सीतराम कट्टेल धुर्मुस् र कुञ्जना घिमिरेको धुर्मुस् सुन्तली फाउन्डेसनले निर्माण गरेको मुसह बस्ती निर्माण पूरा भएको छ । आर्थिक हिसाबले विपन्न बर्दिबासका मुसहर समुदायलाई फाउन्डेसनले ५४ वटा घर बनाइदिएको हो । र, बस्ती वैशाख १ गते हस्तान्तरण हुनेछ ।
बस्ती हास्य कलाकार मदनकृष्णे श्रेष्ठ र हरिवंश आचार्यले हस्तान्तरण गर्ने कार्यक्रम रहेको कट्टेलले जानकारी दिए । बस्ती ५ करोडको लागतमा तयार पारिएको हो । पुस अन्तिम साताबाट निर्माण प्रारम्भ भएको बस्ती तीन महिनामै तयार भएको छ ।








