विराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि हर सम्भव प्रयास भइरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले मोर्चालाई चुनावमा सहभागी गराउन प्रमुख दलसहित सरकार लचिलो भएको बेला मोर्चालाई पनि लचिलो भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे ।
महामन्त्री कोइरालाले मोर्चालाई निर्वाचनमा सहभागी गराउन एक सातासम्म निर्वाचन सार्न सक्ने विषयमा कांग्रेग्रेस सहमत हुनसक्ने स्पष्ट पार्दे अतिवादी सोचलाई त्यागेर निर्वाचनमा सहभागी हुन आग्रह गरे ।
नेपाली कांग्रेस नेतृत्वको सरकारको समयमा संविधान जारी भएको प्रशङ्ग उल्लेख गर्दै उनले संविधान कार्यान्यन गर्ने जिम्मेवारी कांग्रेसको रहेकाले आपूmहरु लचिलो भएको बताए ।
महामन्त्री कोइरालाले संविधानप्रति असन्तुष्टी जनाउँदै प्रक्रिया भन्दा बाहिर रहेकाले पनि मोर्चा संविधान कार्यावन्यन गर्न नचाहेको आशङ्का व्यक्त गर्दै चौतर्फी निर्वाचनमय माहौलको सिर्जना भइसकेकाले सरकारले तोकिएको समयमै निर्वाचन गराउनुपर्ने सुझाव दिए ।
ठूलो पार्टी कांग्रेस भएकाले सरकारको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई दोस्रो मर्यादा क्रममा राख्नुपर्नेमा पनि उनले जोड दिए । रासस







