समुद्रमा सुरक्षा सिकाउँदै हाम्रो कलेज

अस्ट्रेलिया । अस्ट्रेलियामा नेपाली विद्यार्थीको डुबेर मृत्यु हुने घटनामा वृद्धि हुन थालेपछि हाम्रो कलेजले विद्यार्थीहरूलाई समुद्र सुरक्षा सिकाएको छ ।

सिड्नीमा सञ्चालित हाम्रो ईन्ष्टिच्युट अफ विजनेश टेक्नोलोजी हाम्रो कलेजले विद्यार्थीहरुको लागि समुद्रमा अपनाउनुपर्ने सुरक्षाका विषयमा तालिम सञ्चालन गरेको हो । पहिलो पटक सञ्चालित यस किसिमको तालिम समुद्री तटमा नै पुगेर प्रत्यक्ष रुपमा दिइएको थियो । अष्ट्रेलिया पढ्न आउने विद्यार्थीहरु विभिन्न समुद्री दुर्घटनामा परेर, डुबेर ज्यान गुमाउने क्रम बढेपछि कलेजले यस्तो तालिम सञ्चालन गरेको हो ।

पहिलो चरण अन्तर्गत करिब ४० विद्यार्थीलाई समुद्री किनारामा अपनाउने सुरक्षा, समुद्रमा पौडी खेल्नुपूर्व अपनाउनुपर्ने सावधानी लगायतका विषयमा तालिम दिएको हो । कलेजका संस्थापक दीपक खनालले भने, “अघिल्लो वर्षदेखि नै हामीले हाम्रो कलेजमा पढ्न आउने विद्यार्थीहरुलाई सचेतना जगाउने योजना बनाएका थियौं । हाम्रा विद्यार्थीलाई ज्ञान दिउँ भन्ने हिसाबले यस्तो तालिम सञ्चालन गरेका हौं ।

हाम्रो देश भूपरिवेष्ठित मुलुक हो । हाम्रो विद्यार्थीहरु यहाँ आउने वित्तिकै समुद्रले आकर्षण गर्दछ । उनीहरु त्यतै घुम्न जान्छन् र सानो गल्तीको ठूलो मूल्य चुकाउनु परेको हामीले देखेका छौं ।”

सम्बन्धित शिर्षकहरु