मोर्चाले गर्यो आन्दोलन घोषणा

काठमाडौं । सरकार संविधान संशोधन प्रस्ताव अगाडि नबढाई निर्वाचन घोषणा गरेको भन्दै मधेसी मोर्चा रुष्ट बनेको छ । उसले आन्दोलनको विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका उपाध्यक्ष शेखर सिंह र सद्भावना पार्टीका सुनील रोहितले संयुक्त हस्ताक्षर गरेको प्रेस विज्ञप्तिअनुसार मंगलबार मसाल जुलुस र कोणसभा, ११ गते मधेस बन्द, १२ देखि २६ गतेसम्म भण्डाफोर अभियान सञ्चालन गरिनेछ ।

मोर्चाले १९ साउनमा प्रधानमन्त्री पदको निर्वाचनका दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र मोर्चाका नेताबीच भएको तीनबुँदे सहमतिविपरीत निर्वाचन घोषणा भएको भन्दै त्यसलाई नमान्ने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षकहरु