अस्ट्रेलिया। विभिन्न वाध्यताले विदेशीएका नेपालीहरु प्रवासका सुख–दुःख साट्ने अनेक बहाना रोज्ने गरेको छन् ।
त्यसमध्ये एक हो– वनभोज ।
नेपाली स्वाद र जीवनको नादलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्न यो भरपर्दो माध्यम हुने गरेको छ । यसैक्रममा मगर समाज अस्ट्रेलियाले १८ फेब्रुखरी शनिवारका दिन सास्कृतिक कार्यक्रमसहितको वनभोज आयोजना गरेको छ ।
सो अवसरमा गायिका नीता पुनसमेत सहभागी थिइन् । माघेसंक्रान्तिमा आयोजना गर्ने भनिएको उक्त कार्यक्रम ढिला हुन पुगेको आयोजकको भनाई छ ।








