संशोधनको प्रस्ताव परिमार्जन हुनुपर्ने : अध्यक्ष ठाकुर

विराटनगर । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका थिए ।

विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले मधेसी मोर्चाको दस प्रदेशको माग रहेको र सोअनुरुप उक्त प्रस्तावलाई परिमार्जन नगरिएको अवस्थामा समर्थन गर्न नसकिने स्पष्ट पारे।

सीमाङ्कनसम्बन्धी विवादको टुङ्गो नलागेको र निर्वाचनको लागि कानुन पनि नबनेको अवस्थामा निर्वाचन हुन नसक्ने उल्लेख गर्दै उनले सरकारले निर्वाचन गर्न खोजे सहभागी नहुने धारणा प्रकट गरे ।

जनसङ्ख्या र भूगोलको आधारमा गाउँपालिका र नगरपालिकाको गठन हुनुपर्नेमा त्यसअनुरुप नभएकाले मधेसी मोर्चालाई स्थानीय तहको सम्बन्धमा आयोगले पेस गरेको प्रतिवेदन मान्य नहुने जानकारी गराए ।

पत्रकारको जिज्ञासामा अध्यक्ष ठाकुरले सीमाङ्कनको हेरफेरका साथै मधेसी मोर्चाको माग पूरा नभएसम्म संसदीय निर्वाचनलाई समर्थन गर्न नसकिने बताए ।

सम्बन्धित शिर्षकहरु