महाधिवेशन गर्न राप्रपाले बनायो ५ सय १ सदस्यीय समिति

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुनको ६ गतेदेखि हुने महाधिवेशनका लागि अध्यक्ष कमल थापाको अध्यक्षतामा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ।

पार्टीको सोमबार बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले मूल आयोजक समिति र बिभिन्न ११ वटा उपसमितिहरु गठन गरेको हो। मूल आयोजक समितिमा राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा,  डा। प्रकाशचन्द्र लोहनी सदस्य रहेका छन्। त्यस्तै पार्टीका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, सांसदहरु, जनवर्गीय संगठनका सभापति, वाग्मती अञ्चल कमिटीका अध्यक्षहरु सदस्य रहेका राप्रपाले जनाएको छ।

समितिको सदस्य सचिवमा पार्टीका महामन्त्रीहरु टंक ढकाल र विक्रम पाण्डे रहेका छन्। राप्रपाले केही समयदेखि योजनावद्ध रुपमा भइरहेको सुन तस्करीप्रति चिन्ता प्रकट गर्दै विस्तृत अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न माग गरेको छ। त्यस्तै राप्रपाले दूरसञ्चार कम्पनी एनसेललाई राजस्व नबुझाएसम्म फोरजी सेवा सञ्चालनको स्वीकृति नदिन पनि माग गरेको छ।

सम्बन्धित शिर्षकहरु