प्रा.डा.राम प्रसाद उप्रेतिलाई सिड्नीमा अभिनन्दन गरियो।

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

आफ्नै जीवनकालमा वागमति नदिको पानी पीउन लायक बनाउंछौं ‘भनेर बागमतिकै पानीको संकल्प लिएर नदी सफाइको अभियानमा लाग्नुभएका एक अभियान्ता विश्व शान्ति पर्यावरण तथा मानवीयता बचाउ अभीयनमा हिंड्नु भएका एक कर्मठ समाज सेवि एवं महाराजगंज मेडिकल क्यामपसका पूर्व प्रमुख प्रा.डा.रामप्रसाद उप्रेतिलाई सिड्नीमा अभिनन्दन गरियो नेपाली समाज तथा विश्व शान्ति परिषद धारा २१ अन्तर्गत गठित गैर सरकारी विश्व संस्था बाट शान्तिदुतमा नियुक्त हुनुभएका आचार्य राजन शर्माले (WPC) को शान्तिदुतको तर्फ बाट आचार्य राजन शर्मा )भीमसेन सापकोटाले सम्मान पत्र सहित अभिनन्दन गर्नुभयो।

 

 

 

 

 

 

प्रा.डा. रामप्रसाद उप्रेतिले त्रिभुवन विश्वविद्यालयबाट एम.बी.बी.एस साथै ग्लास्को विश्वविद्यालय बेलायतबाट एम एस्सी पास गर्नुभएको छ उहाँले नई रामलक्ष्मी पुरस्कार,स्थापना,पोखरी उच्च मा वि आठराई,तेह्रथुममा अक्षयकोष स्थापना,वीर अमरसिंह उच्च मा वि चारपाने,झापामा अक्षयकोष स्थापना,आदर्श विद्यामन्दिर घौलाडुबा झापामा अक्षयकोष स्थापना साथै उप्रेति समाजमा स्व. चन्द्रकुमारी उप्रेति (राना मगर स्मृतिकोष स्थापना) गर्नुभएको छ।उहां श्रि ५ को सरकारबाट स्वर्णपदक,राष्ट्रिय गौरव युवा सम्मान,त्रिमूर्ति पदक साथै भानुभक्त स्वर्ण पदकबाट सम्मानित भईसक्नुभएका डा. उप्रेती महाराजगंज मेडिकल क्यामपसका पूर्व प्रमुख नई प्रकाशनका उपाध्यक्ष,नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका मानार्थ सल्लाहाकार साथै थुप्रै सामाजिक क्षेत्रमा उहांको संलग्नता रहेको छ। सिड्नीमा आज भएको कार्यक्रममा एनआरएन अष्ट्रेलियाका एड्भाईजर निरन्जन प्रसाईं ले सबै अतिथीलाई स्वागत गर्दै कार्यक्रमको बारेमा जानकारी दिनुभयो।

 

 

 

 

 

 

विश्व शान्ति परिषद धारा २१ अन्तर्गत गठित गैर सरकारी विश्व संस्था बाट शान्तिदुतमा नियुक्त हुनुभएका आचार्य राजन शर्माले कार्यक्रममा आफ्नो ओजश्वि तथा उत्प्रेणा प्रदान गर्ने विचार प्रस्तुत गर्दै (WPC) विश्व शान्ति परिषद धारा २१ अन्तर्गत गठित गैर सरकारी विश्व संस्था को शान्तिदुत को तर्फ बाट यस्तो परोपकारमा आफ्नो जीवनलाई नै समर्पण गर्नुभएका व्यक्ति डा. प्रो राम प्रसाद उप्रेतिलाई सम्मान गर्न पाउनु हामी सबैको गौरवको कुरा रहेको बताउनुभयो।भने सम्मानित डा. उप्रेतीले कार्यक्रममा सम्बोधन गर्दै यो सम्मानले समाजमा अझ धेरै परोपकारको निम्ती लागिरहन हौसला र उर्जा मिल्ने बताउनु भयो ।

 

 

 

 

 

 

साथै सो कार्यक्रममा नेपालका विभिन्न पर्यटकिय आकर्षण बोक्ने विभिन्न तस्वीर रहेको स्टिकर थुप्रै निजीकारहरुमा टांसि नेपालमा विदेशि पर्यटन प्रवर्द्धनको निम्ती नेपाल चिनाउने अभियानमा लागेका नेपाली युथ फोरम अष्ट्रेलियाका अध्यक्ष सागर अधिकारी र जयनेपाल ईनकर्पोरेटका विष्णु सापकोटाले नेपालमा पर्यटन प्रवर्दनको निम्ती चालिएको अभियानलाई सबैले सहयेग गर्नु पर्नेमा जोड दिए। नेपाली पत्रका सम्पादक तथा सामाजिक व्यक्तित्व ऋषि आचार्यले सो कार्यक्रममा बोल्दै यस्तो कार्यक्रमले समाजलाई नै नयां र सकारात्मक उत्प्रेणा जगाउने बताए।

विदुर सापकोटाले पनि आफ्ना विचार प्रस्तुत गरेका थिए।सो कार्यक्रममा नेपाली चलचित्र परदेशिको उमंग का नायक निर्माता तथा सामाजिक व्यक्तित्व कुमार वि.सी को पनि सहभागिता रहेको थियो कार्यक्रममा बोल्दै वि सि ले आफ्नो चलचित्रले प्रदेशमा रहेका युवाका पिढाहरुलाई सम्बोधन गर्नेछ भन्ने विश्वास रहेको वताए। सो कार्यक्रलको संचालन महेश्वर शर्माले गरेका थिए।

सम्बन्धित शिर्षकहरु