मेलबर्न । आइएस् प्रेरित आतंकवादी समुहले क्रिस्मस डे’का दिन मेल्बर्नको प्रमुख केन्द्रमा विष्फोट गराउने गरी तयारी गरेको ठुलै योजना प्रहरिले विफल पारेको छ। मेल्बर्नको केन्द्रविन्दु मनिने फेडेरेसन स्क्वायर एवम फ्लिन्डर्स स्ट्रिट स्टेसन लगायतका ठाउँंहरुमा ठुलो क्षति पुर्याउने उद्देस्यले विष्फोटक पदार्थ लगायत अन्य हात–हतियार सहित तयारी गरीरहेको समुहलाई पक्राउ गर्न प्रहरी सफल भएको हो।
मेल्बर्न स्थित फ्लेमिङ्टन, ड्यालस र मिडो हाइट्समा गए राती छपा मारी सात सन्दिग्ध आतंकवादीलाई प्रहरीले गिरफ्तार गरेको थियो। भिक्टोरिया पुलिस, अष्ट्रेलियन फेडेरल पुलिस एवम एएस्आइओको संलग्नतामा मारिएको छपामा ७ जनालाई पक्राउ गरिएको थियो। पक्राउ मध्ये ड्यालसका २६ वर्षीय अब्दुल्लाह चारनी, फ्लेमिङ्टनका २१ वर्षीय हम्जा अब्बास र् मिडो हाइट्सका २४ वर्षीय अह्मद मोहमद माथि आतंकवादी हमलाको योजना बुनेको अभियोग लगाई प्रहरिले हिरासतमा लिएको छ।
भिक्टोरिया पुलिसका चिफ कमिस्नर ग्राहम एश्टोनका अनुसार प्रहरीले विष्फोटक यन्त्र बनाउन प्रयोग हुने सामाग्रीहरु बारामद गरेको छ। त्यस्तै भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले उक्त षड्यन्त्रलाई ‘एक्ट अफ एभिल’को संज्ञा दिएका छन्।
आजै एक पत्रकार सम्मेलनमा बोल्दै अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्न्बुलले अष्ट्रेलियन प्रहरिले गए राती मारेको छपा बाट सम्भावित ठुलै आतंकवादी हमला टारेको जानकारी दिए। यसै साता जर्मनीको बर्लिनमा भएको ट्रक हमला पछी अष्ट्रेलियामा पनि सुरक्षा व्यवस्था बनाइएको छ ।








