म्यानचेष्टर सेमिफाइनलमा, आर्सनल बाहिरियो

लण्डन । म्यानचेष्टर युनाइटेड इंंग्लिस फुटबल लिग (इएफएल) कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा वेष्टह्यामलाई ४–१ ले हराएर म्यानचेष्टर युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई जिताउन जाल्टन इब्राहिमोविच र एन्थोनी मार्सियलले समान दुई–दुई गोल गरे ।

वेष्टह्यामका लागि एस्ले फ्लेचरले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा नै इब्राहिमोभिचले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा वेष्टह्यामका फ्लेचरले गोल गरेपछि पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको थियो ।

तर, दोस्रो हाफमा खेलमा फर्किएको म्यानचेष्टरले ४८ र ६२ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई ३–१ को अग्रता दिलाए । इन्जुरी समयमा इब्राहिमोभिचले गोल गरेपछि म्यानचेस्टर युनाइटेड ४–१ ले विजयी भयो ।

यस्तै इएफएलकै अर्को खेलमा आर्सलनलाई पराजित गर्दै साउथह्याप्टन इएफएल (लिग कप) फुटबलको सेमिफाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा साउथह्यामप्टनले आर्सनललाई उसकै घरेलु मैदानमा २–० ले हराएर अन्तिम चारमा पुगेको हो । साउथह्यामप्टनको जितमा १३ औं मिनेटमा जोर्डी क्लासी र रायन बर्टेडले ३८ औं मिनेटमा गोल गरेको थियो । एलेक्स सान्चेज, थियो वाल्कोट, ओलिभर जिरउड तथा मेसुट ओजिल बिना खेलेको आर्सनलले त्यसको मूल्य चुकाउनु प¥यो । साउथह्यामप्टनले आर्सनलको मैदानमा भएका २३ खेलमा एकमा मात्रै जित निकालेको छ । साउथह्यामप्टन सन् १९८७ यता पहिलो पटक इएफएल कपको सेमिफाइनलमा पुगेको हो ।

अब फाइनल प्रवेशका लागि म्यानचेष्टर युनाइटेचडले हल सिटी तथा साउथह्याम्टनले लिभरपुलसँग खेल्नुपर्नेछ । लिभरपुलले लिड्स युनाइटेड र हलले न्यु क्यासललाई पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको थियो ।

इएफएलले बुधबार राति नै टाइसिट निकालेको थियो ।

सम्बन्धित शिर्षकहरु