काठमाडौँ । नेपाली कांग्रेसले वर्तमान सरकारमा पार्टीका तर्फबाट पठाउने १० राज्यमन्त्रीको नामको टुङ्गो लगाएको छ ।
काँग्रेसले पठाउने राज्यमन्त्रीमा दीर्घराज भाट भौतिक पूर्वाधार तथा यातायात, सीताराम मेहता वन तथा भू–संरक्षण, कञ्चनचन्द्र वादे उद्योग, सुरेन्द्र आचार्य सिँचाइ, दीपक खड्का खानेपानी तथा सरसफाइ, इन्द्र बानियाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मिठु मल्ल वाणिज्य, तारामान गुरुङ स्वास्थ्य, सुवर्ण ज्वारचन सहरी विकास र दिलीप गच्छदार श्रम तथा रोजगारी छन् ।
पार्टीले राज्यमन्त्रीको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ । उनीहरुको शपथ भोलि बुधबार हुने काँग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।








