संविधान संशोधनको बेला भएको छैन : पोखरेल

कात्तिक १ अस्ट्रेलिया । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन गर्ने बेला आइनसकेको तर्क गरेका छन् । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले ९० प्रतिशत जनताको प्रतिनिधिले पारित गरेको संविधान नमान्ने अधिकार कसैलाई नभएको बताए ।

पूर्वउपप्रधान एवं परराष्ट्र मन्त्री समेत रहेका पोखरेलले विगतमा संविधान जारी नै नगरौं भन्नेहरु अहिले संशोधन गरौं भन्न थालेका छन् तिनीहरुलाई खुसी पार्न केको संशोधन भने ।

उनले संविधान कार्यान्वयन गर्न विदेशमा रहेका नेपालीहरुलाई समेत आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अनुरोध समेत गरे । नेपालका राजनीतिक दलहरुले अहिलेसम्म गरेका गल्तीहरुलाई नदोहोर्‍याउने प्रतिबद्धता नगरेसम्म देश विकास हुन नसक्ने कथन थियो ।

मञ्चले नेपालको पर्यटन प्रबद्र्धन गर्नका लागि ‘सेफ नेपाल–भिजिट नेपाल’ नारा दिएर यहाँका ३ सहरमा कार्यक्रम आयोजना गरिरहेको छ ।

सम्बन्धित शिर्षकहरु