टीकाको तेस्रो दिन विहीबार आफन्त र मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदै

काठमाडौं  २७ असोज । टीकाको दोस्रो दिन विहीबार पनि आफन्त र मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदैछ । मंगलबारको शुभसाइतमा टीका प्रसाद लिन नभ्याएको ठाउँमा कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण र आर्शीवाद लिन जाने प्रचलन छ ।

कतै कतै टीकाको दिन मात्र आफन्त र मान्यजन कहाँ टीका ग्रहण गर्न जाने प्रचलन रहेको छ ।

त्यस्तै दसैं मनाउन गएकाहरू फर्कन थालेपछि काठमाडौंमा चहलपहल बढेको छ । अघिल्लो दिनको तुलनामा विहीबार उल्लेख्य सवारी चलेका छन् ।

त्यस्तै कलकारखाना उद्योगहरु पनि सञ्चालनमा आउन थालेका छन् ।

सम्बन्धित शिर्षकहरु