चितवन, भरतपुर उपमहानगरपालिका-१९ गणेशगन्जमा २५ वर्षीय बाबुको हत्या गरेका छन् ।
६१ वर्षीय वसन्तप्रसाद सापकोटाको कान्छा छोरा २५ वर्षीय विनोदसापकोटाले खुकुरी प्रयोग गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएका छन ।
शनिबार साँझ ७ः४५ बजे बाबु छोराबीच झगडा हुँदा छोराको खुकुरी प्रहारबाट बाबु वसन्तप्रसादको बायाँ कानको तल्लो भागमा चोट लागेकाले चितवन मेडिकल कलेजमा उपचारका गराउने क्रममा उनको मृत्यु भएको हो ।
घरायसी झगडाको क्रममा मादकपदार्थ सेवन गरेका विनोदले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि भागेका सापकोटालाई शनिबार राति १२ बजे प्रहरीले पक्राउ गरेको थियो ।








