बलात्कारपछि महिलाको हत्या

नेपालगन्ज । बाँके जिल्ला कम्दी गाविस–९ छत्रहवाकी शान्ति बुढाको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार औषधि किन्न बुधबार ४ बजे घरबाट बाहिर गएकी ती महिलाको बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ ।

दुई छोरीकी आमा २५ वर्षीया बुढाको शव वस्त्रविहीन अवस्थामा आज फेला परेकाले उनको बलात्कार गरिएको हुनसक्ने आशङ्का गरिएको हो ।

मृतकको घरदेखि २०० मिटर पर रहर बारीमा शव देखेपछि गाउँलेले बिहान १० बजे प्रहरीलाई खबर गरेका थिए । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको छ ।

सम्बन्धित शिर्षकहरु