अस्ट्रेलियामा परदेशिको उमङ्ग

असनेपाल न्युज । सिड्नी । एक मुस्लिम युवतिले र हिन्दू युवाले परिवार , समाज र देशमै विद्रोह गरेर विवाह गर्छन्। यो नेपाल र अनि मुस्लिमहरूको देशको समेत चासो को विषय बन्छ , सर्वोच्च अदालत समेत यसमा मुछिएको छ । मुस्लिम युवति र नेपाली हिन्दू युवाको विवाहले परिवार , समाज र विश्वमै हलचल ल्यायो । अदालतहरू तानिए , संसारकै चासो बन्यो यो एक सत्य घटना । के धर्म मानवता भन्दा माथि उठ्न सक्दैन र ! किन दुवईमा एक नेपालीलाई फांसि दीईने मुद्दा पर्‍यो ! एक अनौठो र सत्य घटनामा अाधारित एक नौलो चलचित्र ‘परदेशि को उमङ्ग’ अब अस्ट्रेलिया को सिभिक थेटर मा प्रथमा पटक प्रदर्शन हुंदैछ । मनमै सिरिङ्ग कांडा उम्रने सत्य घटना हरू समेटिएको सो चलचित्र लाई अक्टोबर १५ , शनिवार ११ :३० मा प्रदर्शन गरिंदै छ। टिकट दर ३० राखिएको सो चलचित्र हेर्दा नेपालको झन्डा , लालि गुरांस , हिमाल अङ्कित टोपी समेत निशुल्क उपलब्ध हुने आयोजक ले जनाएका छन्। सो चलचित्र का लागि अग्रिम टिकट लिन,चलचित्र प्रदर्शन आयोजक असनेपालन्युजमा 0434570379 विदुर सापकोटा 0412478312 , महेश्वर शर्मा 0425800382 लाई संपर्क गर्न सकिने छ। ६० वर्ष माथिका नेपाली बा -आमा र १० वर्ष मुनिका वाल वालवालिका लाई निशुल्क गरिएको सो चलचित्र प्रदर्शनी नेपालका असहाय वालवालिकाहरू(शिशु नेपाल ) का सहयोगका लागि देखाउन लागिएको हो । चलचित्र प्रदर्शनीको मुनाफा वालवालिका को सहयोग मा जाने भएकाले तपाईंको उपस्थिती नै सहयोग बन्ने हुंदा सपरिवार उपस्तितिको लागि आउन आयोजक हरूले अनुरोध गरेका छन्।

चपली गर्ल विनिता वराल स्टारर फिल्म ‘परदेशीको उमंग’कत्तिक १२ गतेबाट देश भर प्रदर्शनमा आउने भएको छ । लामो समय नृत्य निर्देशनमा सक्रय शिव शर्माले निर्देशन गरेको फिल्मको रिलिज तय भएसँगै प्रचारलाई सुरुवात गर्ने तयारीमा निर्माण टिम छ ।

 

 

सम्बन्धित शिर्षकहरु