चीनले रोक्यो भारत भएर बग्ने ब्रम्हपुत्र नदीको प्रवाह

china_dam_b_24-750काठमाडौं, १६ असोज ।भारत र पाकिस्तानबीच पछिल्ला केही समययता बढ्दो तनावकाबीच चीनले आफ्नो सबैभन्दा महंगो विद्युत आयोजना निर्माणका लागि तिब्बतमा ब्रम्हपुत्रको सहायक नदीको प्रवाह रोकेको छ ।

भारतको पूर्वी क्षेत्र भएर बग्ने ब्रम्हपुत्रको सहायक नदी रोकेपछि यसबाट तल्ला क्षेत्रमा जलप्रवाह कम हुने आशंका गरिएको छ । यसअघि नै भारतले पाकिस्तानसँग सन्धि सम्झौता तोड्ने धम्की दिएपछि चीनले ब्रम्हपुत्र नदी रोकिदिने चेतावनी दिएको थियो ।

भारतीय सेनाले ‘सर्जिकल स्ट्राइक’ भन्दै पाकिस्तानी क्षेत्रमा गोलाबारी गरी दुई सैनिकको हत्या गरेपछि चीनले ब्रम्हपुत्रको सहायक नदी रोकेको हो । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले परियोजनाका प्रशासनिक ब्युरो प्रमुख झांग युन्बोलाई उदृत गर्दै तिब्बतको शिगाजेमा यारलुंग झांग्बो ९ब्रम्हपुत्रको तिब्बती नाम० को सहायक नदी शियाबुकूमा निर्माणधीन लाल्हो परियोजना निर्माण गरिरहेको छ ।

चीन सरकारले ४।९५ अरब युआन ९७४ करोड डलर० बराबरको लागतमा सो परियोजना निर्माण गरिरहेको छ । चीनको यो महंगो परियोजनाको निर्माण कार्य सन् २०१४ बाट सुरु भएको हो । यो परियोजना निर्धारित समयमा पूरा भएमा सन् २०१९ भित्र सम्पन्न हुनुपर्नेछ ।

-राजधानी

सम्बन्धित शिर्षकहरु