अस्ट्रेलिया, केही बर्षअघि मात्रै अध्ययनका लागि अष्ट्रेलिया पुगेका ३० बर्षीय प्रदीप खड्की यतिबेला क्यान्सरसँग मुकाविला गर्दैछन् ।
आम विद्यार्थीजस्तै अस्ट्रेलियामा पढाई पूरा गरेर काम गर्ने अनि स्थापित हुने सपना बुनेका प्रदीप अहिले आफूलाई लागेको रोग कसरी निको पार्ने भन्ने चिन्तामा छन् । हाल ४५७ भिजामा रहेका उनलाई क्यान्सरको हडकिन्स लिम्फोमा स्टेज टु बी भएको छ ।
चिकित्सका अनुसार क्यान्सरको यो स्टेज खतरापूर्ण हो र समयमै उपचार नगराए यसले थप जोखिम निम्त्याउँछ । श्रीमतसँगै अष्ट्रेलिया बस्दै आएका खड्कीले आफ काम गर्ने अवस्थामा नरहेको र श्रीमतीले पनि हप्ताको दुई दिनमात्रै काम गर्नेहुँदा उपचारका लागि खर्च जुटाउन निकै समस्या भएको गुनासो गरेका छन् ।
सामान्य रुघाखोकी लागेर अस्पताल पुगेका उनलाई क्यान्सर लागेको अस्पताल पुगेको ६ दिनपछि मात्रै थाहा भएको थियो ।
क्यान्सरसँग जुधिरहेका प्रदीपलाई निम्न खातामा सहयोग गर्न सकिनेछ ।
Account Name : Pradeep Khadka
BSB: 062-319
Account No : 1059-2357
swift code : CTBAAU2S








