सिरियामा हवाई आक्रमण, ९ बालबालिकासहित २३ को मृत्यु

syriaकाठमाडौं । युद्धबिरामका बेला सिरियाको पुर्वी प्रान्त देरी इजोरमा गराइएको हवाइ आक्रमणमा कम्तीमा नौ बालबालिकासहित २३ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।
सिरियन अब्जरबेटोरी फर ह्युमन राइट्स्का अनुसार उक्त घटनामा ३० जना घाइते भएको सिएनएनले जनाएको छ । तर उक्त क्षेत्र यसअघि रसिया र अमेरिकाबीच सबै युद्धरत पक्षको सर्मथनमा भएको युद्धबिराम सम्झौतामा समावेश गरिएको थिएन । युद्धग्रस्त क्षेत्रबाट बिस्थापन भएका परिवारहरु आश्रय लिएर बसेको एक स्कुल भवनमा आक्रमण हँुदा यो घटना भएको बताइएको छ । यो स्थान आइएसको नियन्त्रणमा रहेको क्षेत्र मानिन्छ ।
यस आक्रमणलाई युद्ध बिरामको उल्लंघन नमानिए पनि बिहीबार रसियाको रक्षा मन्त्रालयले अमेरिकालाई युद्धबिराम सम्झौता अनुसार उसको दायित्व पुरा नगरेको आरोप लगाएको छ ।

सम्बन्धित शिर्षकहरु