कसैको स्वार्थ पूरा गर्न संविधान संशोधन हुँदैन : ओली

lqe'jg cGt/f{li6«o ljdfg:yndf kqsf/;Fu cf]nL   g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL yfONof08af6 :jf:Yo k/LIf0f u/L ;f]daf/ :jb]z kms{]kl5 kf6L{sf cGo g]tfsf ;fy lqe'jg cGt/f{li6«o ljdfg:yndf kqsf/ ;Dd]ngdf . tl:a/M k|sfz l;njfn, /f;;
;

काठमाडौं, २१ भदौ । एमाले अध्यक्ष केपी ओलीले कसैको स्वार्थ र आग्रह सम्बोधन गर्न संविधान संशोधन हुन नसक्ने बताएका छन् ।

दशदिने थाइल्यान्ड भ्रमणपछि सोमबार स्वदेश फर्किएका निवर्तमान प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुनै औचित्यविना संविधान संशोधन असम्भव रहेको बताएका छन्।

‘कसैको दबाब र बहकाउमा देशको अहित हुने गरी, लोकतन्त्रलाई अप्ठ्यारो पार्ने गरी कसैको स्वार्थ र आग्रह सम्बोधनका लागि संविधान संशोधन हुँदैन,’ ओलीले भने, ‘लहडबाजी, जिद्दी वा आग्रह पूरा गर्न होइन, देशको आवश्यकता र अग्रगमन, देशको प्रतिष्ठा माथि उठाउनका लागि मात्रै संशोधन हुन्छ ।’

सरकारले संघीय गठबन्धनको माग सम्बोधनका लागि संविधान संशोधनको गृहकार्य बढाइरहेका वेला ओलीको यस्तो धारणा आएको हो ।
आजको नयाँ पत्रिकामा यो समाचार छ ।

सम्बन्धित शिर्षकहरु