अस्ट्रेलिया, यस वर्ष पनि अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा सिड्नीमा नेपाली आदिवासी जनजाति फोरम अष्ट्रेलिया निन्फाको आयोजनामा विशेष कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । आदिवासी जनजातिको अधिकारको गम्भीर विषय मात्र होइन यही कार्यक्रममा आदिवासी र जनजातिका परम्परागत पहिरन, गीत संगीत र खानाहरुको समेत प्रदर्शनबाट यसलाई विशेष बनाइन लागिएको निन्फाका अध्यक्ष चित्र तुम्बाहाम्फेले जानकारी दिए ।
उनका अनुसार १३ अगष्ट आइतबार पिटरशाम टाउन हलमा आयोजना गरिने कार्यक्रमको नारा आदिवासी जनजातिको अडान, पहिचानसहितको संघयि संविधान राखिएको छ ।








