अष्ट्रेलिया, अष्ट्रेलियाको सिड्नीमा वरिष्ठ संगीत साधक, कालजयी संगीतकार अम्बर गुरुङको स्मरण गरिएको छ । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गर्दै स्व. गुरुंगको नेपाली गीत संगीतमा उच्च योगदान रहेको भन्दै उनको निधनले नेपाली कला र साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको औंल्याइएको छ।
स्थानीय अबर्नमा आयोजना गरिएको उक्त कार्यक्रममा ७८ वर्षको उमेरसम्म नेपाली गीत संगीतको क्षेत्रमा अनवरत लागेर उहाँले धैयौं सिर्जनामार्फत यसलाई विश्वमञ्चमा पुर्याउन अतुलनीय योगदान पुर्याएको चर्चा गरिएको थियो ।








