असार १० । लन्डन, बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।
युरोपेली युनियनमा बेलायत रहने वा नरहने भनी गरिएको जनमत सङ्ग्रहमा नरहने पक्षको विजय भएकोले उनले आफूले राजिनामा दिने इच्छा जाहेर गरेको बताइएको हो ।
मलाई लाग्छ म अब हाम्रो देशको अर्को गन्तव्यसम्म पुर्याउनका लागि मेरो उपस्थिति राम्रो हुनेछैन– उनले भनेका छन्।
प्रधानमन्त्री क्यामरुन युरोपेली सङ्घमा बेलायत रहनुपर्छ भन्ने पक्षमा थिए।








