अस्ट्रेलिया। शुक्रबारबाट नेपालमा रिलिज भएको चलचित्र गाजलु अस्ट्रेलियाबासी नेपालीहरूले भने शनिबार साँझ हेर्ने अबसर पाए । नेपालमा यो चलचित्रले राम्रो बजार पाइरहेको छ । शनिबार सिड्नीको बरूणमा अबस्थित ईभेन्ट सिनेमामा यो चलचित्र हेर्न सिड्नीबासी दर्शकहरूको बाक्लै भिड थियो ।
गत महिना मात्र नायक अनमोल केसीका साथ चलचित्र ड्रीम्स हेरेर उनको अभिनयको तारिफ गरेका अष्ट्रेलियाबासी नेपालीहरूले गाजलु हेरेपछि पनि अनमोलको कामको तारिफ गरे -‘ हामी अष्ट्रेलियामा राम्रो कलाकार र राम्रो चलचित्रलाई मात्रै प्रायोजन गर्छौ । र, त्यसैको पछिल्लो उदाहरण हो गाजलु ।








