स्वच्छ र समृद्ध राष्ट्रका लागि खेलकुदको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

/fi6«klt /lgª l;N8 /fi6«klt ljBfb]jL e08f/L a'waf/ bz/y /ªuzfnfdf cf7f}+ /fli6«o /fi6«klt /lgª l;N8 tyf ljBfno v]ns'b k|ltof]lutf @)&@ sf] pb3f6g ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;
;

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वस्थ्य र समृद्ध राष्ट्र निर्माणका लागि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएकी छन् ।

आठौँ राष्ट्रिय राष्ट्रपति रनिङशिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता–२०७२ को आज दशरथ रङ्गशालामा उद्घाटन गर्दै उनले अनुशासित र मर्यादित समाज निर्माण गरी राष्ट्रलाई एकताको सूत्रमा बाँध्न खेल जगत् सहयोगी हुने उल्लेख गरे ।

राष्ट्रपति भण्डारीले नेपालको खेलकुद क्षेत्रले छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको सफलताले खेलकुदमा अझै प्रभावकारी काम गर्नसके यसले चाँडो सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन् ।

“विगतका सफलतालाई ध्यानमा राखी खेलकुद क्षेत्रमा अझ दृढताका साथ लाग्ने हो भने केही वर्षभित्र ठूलो फड्को मार्ने देखिन्छ । खेलकुदको विकासमा सरकार, खेलाडी, प्रशिक्षक तथा खेलसम्बन्धी सङ्घ संस्था समन्वय र साझेदारीका साथ अघि बढ्न सबैको ध्यानाकर्षण गराउँछु,”–उनले भनिन् ।

युवा देशको भविष्य भएकाले तिनको शारीरिक तथा मानसिक विकासका लागि खेलकुदमा बढीभन्दा बढी संलग्न गराउनुपर्नेमा उनको जोड थियो ।

राष्ट्रपति भण्डारीले खेलकुदलाई विद्यालयस्तरमै अतिरिक्त क्रियाकलापको रुपमा प्रथामिकता दिई त्यसअनुरुपको आवश्यक नीतिगत व्यवस्था गर्न तथा खेल क्षेत्रमा लागेकालाई प्रोत्साहन र रोजगारीको अवस्था सिर्जना गर्न राज्यले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

उनले भनिन्–“खेलकुदबाट विमुख हुने वातावरणलाई रोक्न राज्यले प्रोत्साहन र प्रवद्र्धनका कार्यक्रम ल्याउनुपर्छ । परम्परागत खेललाई परिस्कृत गरी अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न तथा अघिल्लो वर्ष भूकम्पले क्षति पुगेका खेलकुदका पूर्वाधारको पुनःसंरचना र नयाँ निर्माणलाई जोड दिन जरुरी छ ।”

राष्ट्रपतिले मुलुकको खेल पर्यटनको प्रशस्त सम्भावनालाई मध्यनजर गर्दै अर्थतन्त्रलाई सुदृढ पार्न खेलकुद क्षेत्रलाई सिर्जनात्मक ढङ्गले अघि बढाउन जरुरी भएको खाँचो पनि औँल्याइन् ।

समारोहमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मुलुकलाई सुशासन, मर्यादित र समृद्ध बनाउन खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै समग्र खेलकुद क्षेत्रको विकासका लागि सरकार लागिपरेको उल्लेख गरे।

“संविधान जारीपश्चात् मुलुक स्थायी शान्ति, राजनीतिक स्थिरता, विकास र सुशासनको नयाँ युगमा प्रवेश गरेको छ । संविधानको सफल कार्यान्वयनका लागि सबै एक ठाउँमा उभिन जरुरी छ, खेलको माध्यमबाट देशको इज्जत र प्रतिष्ठालाई माथि उकास्न विद्यालय तहदेखि नै प्राथमिकता दिन सरकार लागिपरेको छ,”–उनले भने।

युवा तथा खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले राष्ट्रको समृद्धिका लागि भूमिका खेल्ने खेलकुद क्षेत्रको विकासका लागि क्रियाशील रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकुद प्रतियोगितापछि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सबैभन्दा ठूलो गौरवपूर्ण प्रतियोगिता हो भन्दै आधारभूत तहमा खेल र खेलाडीको विकास गर्न प्रतियोगिता सान्दर्भिक हुने बताए ।

त्यस अवसरमा सशस्त्र प्रहरी बलको सांस्कृतिक प्रस्तुति तथा तेक्वान्दोका खेलाडीले खेल प्रदर्शन गर्नुका साथै एथलेटिक्स खेलको छात्रातर्फको एकहजार ५०० मिटर दौड प्रतियोगिताको राष्ट्रपतिले अवलोकन समेत गरेका थिए ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको तीनदिने प्रतियोगितामा देशका पाँच विकास क्षेत्रका खेलाडी तथा प्रशिक्षकसहित ५४९ जनाको सहभागिता रहेको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित उक्त प्रतियोगितामा तेक्वान्दो, उसु, कराते, एथलेटिक्स, फुटबल, भलिबललगायत आठ खेल समावेश हुनेछन् ।

 

सम्बन्धित शिर्षकहरु