काठमाडौं । विभाजित माओवादी पार्टीहरुबीच चार वर्षपछि आज एकता हुँदैछ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बिहान ११ बजे एकता प्रक्रियामा पार्टीका केन्द्रीय नेताको संयुक्त अधिवेशन गरेर अपराह्न ३ बजे उकता घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ– खबरका अनुसार एकतापछि पनि एमाओवादी बहुपदमा जाने भएको छ । जस अनुसार पद संख्या र जिम्मेवारीबारे टुंगो नलागेको नेताहरुले बताएका छन् । बहुपदमा जाँदा नेताहरु प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महारा, वर्षमान पुन, टोपबहादुर रायमाझी, रामबहादुर थापा बादल, देव गुरुङ, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्तिबहादुर बस्नेत, जर्नादन शर्मा, लोकेन्द्र विष्ट, चत्रपाणि खनाल, गोपाल किराती, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, नारायण शर्मा पौडेल र मणि थापा पदाधिकारीमा रहने सम्भावना छ ।
७५ सदस्यीय पोलिटब्यूरो
एमाओबादी र नेकपा क्रान्तिकारी माओबादीका पोलिटब्यूरो सदस्यहरु रहने गरी पोलिटब्यूरो सदस्य बनाउने भएका छन् । पोलिटब्यूरोमा जयपुरी घर्ती, तिलक परियार, वसन्त घर्ती लगायतका नेताहरु पनि रहने भएका छन् । नाम अझै टुंगिएन पार्टी एकतापछिको नामका विषयमा नेताहरु अझै निर्णयमा पुगेका छैनन । मंगलवारको वैठकमा तीन नामका विषयमा छलफल चलेको थियो । विकल्पमा माओबादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओबादी केन्द्र र एकीकृत नेकपा माओबादीमध्ये कुन राख्ने भन्नेबारे छलफल छ । विहिवार विहान सम्म नाम टुंग्याउने तयारी छ । एकता प्रक्रियामा मातृका यादवको ठोस धारणा नआएकाले उनी नेतृत्वको नेकपा ९माओबादी० नाम राख्ने विषयमा निर्णय हुन सकेन । पार्टी एकतामा सहभागी हुने विषयमा यादवसाग पनि अन्तिम छलफल हुदै छ ।
राजनीतिक र विधान प्रतिवेदन पारित
माओवादी एकता संयोजन समितिको बैठकले एमाओबादी अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदन र नेकपा ९क्रान्तिकारी० माओबादीका नेता देव गुरुङले तयार पारेको विधान परिमार्जन सहित पारित गरेको छ ।
नेकपा माओवादीका नेता पनि एकतामा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओबादीका पोलिटब्यूरो सदस्य नेतृत्वको टोली पनि पार्टी एकतामा सहभागी हुने भएको छ । नेता तिलक परियारको नेतृत्वमा पार्टी एकता हुन लागेको हो । परियारले पार्टीको सम्पूर्ण जिम्मेवारीवाट राजीनामा दिएको पत्र महासचिव विप्लवलाई वुधबार विहानै बुझाएका छन् । उनले प्रतिक्रान्ति रोक्न र राष्टिय स्वाधिनताको रक्षा गर्न माओबादी धारा र कम्युनिष्ट क्रान्तिकारीबीच धुव्रिकरण र एकता आवश्यक रहेको बताएका छन् । परियारको नेतृत्वमा वसन्त घर्ती, तेजवहादुर मिजार र झमक पराजुली लगायतका नेताहरु एकता प्रक्रियामा सहभागी हुदैछन् । यस्तो बन्दै छ केन्द्रीय समिति शीर्ष नेताहरूसहित माओवादी एकता संयोजन समितिको बुधबार साँझ बसेको बैठकले चार सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ । यसमा सबै पक्षका केन्द्रीय समिति समेट्ने र केही पद खाली राख्ने नीतिगत निर्णय भएको छ । यसै वर्ष महाधिवेशन मिति तय नगरे पनि यस वर्षको अन्तिमसम्म पार्टीको महाधिवेशन गर्ने शीर्ष नेताहरूको निर्णय छ । पारित राजनीतिक प्रतिवेदनमा महाधिवेशन ६ महिनाभित्र गर्ने प्रस्ताव छ ।








