काठमाडौं । बलिउडकी चर्चित अभिनेतृ सोनाक्षी सिन्हा काठमाडौं उत्रिएकी छन् ।
शनिबार सैनिक श्रीमती संघले काठमाडौँको टुँडिखेलमा आयोजना गर्न लागेको ‘अमरपन्छी’ कार्यक्रममा सहभागी हुन सोनाक्षी नेपाल आएकी हुन् ।
सोनाक्षी दिउँसो १ः५५ मा त्रिभुवन विमानस्थमा ओर्लिएकी थिइन् ।
सोनाक्षीसँगै बलिउड आइटम गर्ल मलाइका अरोरा खानले नृत्य गर्ने कार्यक्रम रहेको छ । यद्यपी मलाइका भने काठमाडौं आइपुगिसकेकी छैनन् । सोनाक्षी आउने समय आयोजकले सार्वजनिक नगरेका कारण उनी आउने खबर ढिला मात्र सम्प्रेषित भएको हो ।
Nepal!! See u tomorrow, 14 May at Tudikhel. #AmarPanchhi – Rising from the ashes. Lets dance #TogetherforNepal pic.twitter.com/lsieieUyfw
— Sonakshi Sinha (@sonakshisinha) May 13, 2016








