‘सरकार ढाल्न छिमेकमा साउती’

ISHWOR-POKHREL-400काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले वर्तमान सरकारको लोकप्रियताका कारण भयवित केही नेताहरु छिमेकमा सरकार परिवर्तनका लागि साउती गर्न थालेका आरोप लगाएका छन्।

एमाले निकट नेपाल ट्रेड युनियन महासंघले अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले उक्त आरोप लगाएका हुन्।

ओली सरकारले लोकप्रिय नीति तथा बजेट ल्याउने भयका कारण केही राजनीतिक दलका नेता सरकार ढाल्न छिमेकमा गएर साउती मार्न थालेको उनले बताए। कुनै पार्टीको नाम नलिए पनि उनको अभिव्यक्ति हालै दिल्लीबाट फर्केका कांग्रेस सभापति शेरबहादुर देउवाप्रति लक्षित थियो।संविधान जारी गरेपछि एमालेले अब बजेट, नीति र कार्यक्रममार्फत लोकप्रियता हासिल गर्ने भयो भनेर छिमेकतिर दौडादौड गरेर सरकार परिवर्तनको खेल सुरु भएको छु, पोखरेलले भने।

संविधान जारी हुनुअघि गरिएको सोह्रबुँदे सहमति नमान्दा कोही चिप्लिएर लडे पनि आफूहरू त्यसलाई उठाएर डोर्याउन तयार भएको उनले स्पष्ट पारे।

उनले अब स्थानीय निर्वाचन, प्रदेश निर्वाचन, राष्ट्रिय निर्वाचनको आवश्यकता भएकाले सबै दलबीच यस विषयमा सहमति हुनुपर्नेमा जोड दिए। पोखरेलले हिजो संविधान जारी गर्न नदिने र दुलोमा लुकेर बसेको शक्तिले आज टाउको उठाउन खोजेको बताए। आजको अन्नपूर्ण पोष्ट दैनिक

सम्बन्धित शिर्षकहरु