मधेशी दलले गरे यस्तो आन्दोलनको घोषणा

cfGbf]ngsf sfo{qmd 3f]if0ff  t/fO{ dw];sf k|d'v bn ;xefuL ;ª3Lo u7aGwgdf cfj4 @& bn tyf ;+u7gx?n] j}zfv !% b]lv h]7 ! ut];Dd cfGbf]ngsf sfo{qmd 3f]if0ff ug{ z'qmaf/ cfof]lht sfo{qmddf g]tfx? . tl:a/ M k"0f{k|;fb ld>, /f;;

काठमाडौँ । तराई मधेसका प्रमुख दल सहभागी सङ्घीय गठबन्धनमा आबद्ध दल तथा सङ्गठनले वैशाख १५ देखि जेठ १ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

गठबन्धनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई मजबुत पार्दै पहिचानसहितको समानुपातिक समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संवैधानिक रुपमा व्यवस्थित गर्न संविधान पुनर्लेखन गरिनुपर्ने गठबन्धनको माग छ ।

कार्यक्रममा सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार प्राप्तिका लागि शान्तिपूर्ण रुपमा गर्न लागिएको आन्दोलनमा सरकारले बन्दुक उठाए जनबल उठाएर प्रतिरोध गरिने बताए । “शान्तिपूर्ण आन्दोलनका विरुद्ध गृहमन्त्रीले सत्ताको भाषा बोलेका छन्, राजनीतिक मागलाई सहीरुपमा सम्बोधन गरिनुपर्छ, मुलुकका समस्या समाधान गर्न सरकार जिम्मेवार छैन”–उनले भने।

वैशाख १५ गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत गठबन्धनले प्रस्तुत गरेको अवधारणापत्रमा उल्लेख गरिएका मागसहितको ज्ञापनपत्र सरकारलाई बुझाइने प्रवक्ता परशुराम तामाङले जानकारी दिए । “वैशाख १७ गतेदेखि मसान्तसम्म मुलुकका प्रमुख सहर र जिल्ला सदरमुकाममा विरोधसभा, कालो झन्डा प्रदर्शन, कोणसभा, जनजागरण अभियान सञ्चालन गरी जेठ १ गते काठमाडौँमा आन्दोलनलाई केन्द्रित गराइनेछ”– उनले भने ।

जेठ १ गतेदेखि ‘काठमाडौँ जाऊँ, सिंहदरबार घेरौँ’ भन्ने नाराका साथ आन्दोलनलाई काठमाडौँ केन्द्रित गरिने गठबन्धनले जनाएको छ । पत्रकार सम्मेलनमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस सद्भावना पार्टी, नेपालका अध्यक्ष महेन्द्र राय यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीलगायत प्रमुख नेताको सहभागिता रहे पनि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने अनुपस्थित थिए ।

सम्बन्धित शिर्षकहरु