तानोपानी नाका खोल्न चीनको यस्तो शर्त

काठमाडौं । चीनले सीमा आसपासमा सरकारी भवनबाहेक अन्य बस्ती नबसाउने सर्तमा तातोपानी नाका खुला गर्ने अनौपचारिक जानकारी सरकारलाई दिएको छ ।
परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार चीन सरकारका प्रतिनिधिले विभिन्न तहमा यस्तो जानकारी गराएका हुन् । तिब्बत सरकारले तातोपानीको विषयमा बेइजिङको निर्देशन आवश्यक पर्ने र त्यहीअनुरुप काम भइरहेको जानकारी सरकारलाई दिएको हो ।

maxresdefaultभूकम्पपछि चीनले खासास्थित आफ्नो भन्सार र अन्य कार्यालय हटाएको छ । चिनियाँ सेनाको एक टुकडी र अन्य सुरक्षा निकायले त्यो क्षेत्रको सुरक्षा भने दिइरहेका छन् । भारतले नाकाबन्दी गरेको समयमासमेत चीनले नेपालसँगको प्रमुख नाका खोलेको थिएन ।

खासाबाट १५ किलोमिटर पर रहेको न्यालोम तातोपानीको सुख्खा बन्दरगाहबाट २७ किलोमिटर टाढा पर्छ । चीनले सामानका लागि डिब्बा आवतजावतमा मात्र ध्यान दिने स्पष्ट हुँदा पनि त्योअनुरूप काम नहुनु दुस्खद भएको परराष्ट्रका अधिकारीहरू बताउँछन् । आजको कान्तिपुर दैनिकमा यो समाचार छ।

सम्बन्धित शिर्षकहरु