काठमाडौं । एमाओवादीले पार्टी संगठनको माथिल्लो निकायदेखि नै जनसंख्याको अधारमा प्रतिनिधित्व सुनिश्चित गराउन कार्यविधि बनउन थालेको छ । ७ चैतमा सम्पन्न केन्द्रीय समितीको बैठकको निर्णयका आधारमा एमाओवादीले त्यस्तो कार्यविधि बनाउन थालेको हो ।
अध्यक्ष पुष्प कमल दाहान प्रचण्डले त्यसको पुष्टि गर्दै कार्यविधि निर्माणको गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।
‘महिला , जनजाती , दलित , मुस्लिमको जनसंख्याका आधारमा संगठनमा प्रतिनिधित्व गराइने गरि पार्टी केन्द्रीय समितीले निर्णय लिइसकेको छ ,’ प्रचण्डले बुधबार अनेमसंघ क्रान्तिकारीको छैटौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै भने , ‘त्यस्तो कार्यविधि निर्माण गर्न कार्यद बनेको छ , कार्यदलले आफ्नो प्रतिवेदन अन्तिम चरणमा पुर्याईसकेको छ । ’ कार्यविधि निर्माणका लागि पार्टी स्थायी समितिले सचिव वर्षामान पुनको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
एमाओवादी अध्यक्ष प्रचण्डले एक फरक प्रसंगमा अब जनयुद्धको ब्याज खाने अधिकार पार्टीभित्र कसैलाई नभएको बताए । अब माओवादी पाटीभित्र फुट सह्य नहुने भन्दै उनले पाटीभित्र पुर्वसमुहको नाममा ब्याज खाने अधिकार कसैलाई नभएको उल्लेख गरे । ‘ जनयुद्धको ब्याजको कुरा गर्ने हो भने जनयुद्धमा रहेका वैद्य र डाक्टर यो पार्टीमा हुनुहुन्न , डाक्टर साब अरुको उपचार गर्नुपर्नेमा आफ्नै उपचार गराईरहनु भएको छ , उहाँहरु पार्टीलाई फुटाउँदै जानुभयो । बरु जनआन्दोलनबाट आएकाले साथ दिइरहेका छन् । , त्यसकारण अब जनयुद्धको ब्याज खानेगरि कसैले घमण्ड नगरे हुन्छ , त्यस्तो ब्याज खाने छुट अव पार्टीमा कसैलाई छैन, ’प्रचण्डले भने ।
आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छ ।








