ग्रानभिल नेप्लिज कम्युनिटीको अध्यक्षमा राम रुवाली

अस्ट्रेलिया, ग्रानभिल नेप्लिज कम्युनिटीको अध्यक्षमा राम रुवाली निर्वाचित भएका छन् । अस्ट्रेलियाको ग्रानभिलमा आइतबार सम्पन्न अधिवेशनबाट रूवाली निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा अनिल अधिकारी, सचिवमा अनिता नेपाल, कोषाध्यक्षमा राजेन्द्र आचार्य, कार्यक्रम संयोजकमा नविन राना, सदस्यहरूमा भीम लिम्बु, कृष्ण गिरी, दीपक भट्टराई, शेखर श्रेष्ठ र राजु अधिकारी रहेका छन् ।
२००९ बाट सञ्चालनमा आएको संस्थाले नेपाली समुदायकोबीचमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

युवा तथा बालबालिकाको वैयक्तिक तथा क्षमता विकासका लागि संख्था क्रियाशील रहेको र आगामी दिनमा त्यसलाई परिस्कृत बनाउँदै लैजाने रूवालीले जानकारी दिए । अधिवेशन ग्रानभिलको टाउनहलमा सम्पन्न भएको हो ।

सम्बन्धित शिर्षकहरु