काठमाडौँ । जनताको अभिमत लिएर संविधानका जुनसुकै व्यवस्था पनि परिवर्तन गर्न सकिने गृहमन्त्री शक्तिबहादुर बस्नेतले अब संबिधानका तिनै सुबिधाको प्रयोग गरेर कार्यान्वयनमा अघि बढ्न आग्रह गरेका छन् ।
कसैले राजा ल्याउन चाहन्छ, कसैले यो व्यवस्थालाई फालेर समाजवादी गणतन्त्र ल्याउन चाहन्छ वा जनवादी गणतन्त्र ल्याउन चाहन्छ भने त्यो संविधानले नै व्यवस्था गरेको छ ।’ उनले भने ।
जनताको अभिमत ल्याएर कसैले व्यवस्था परिवर्तन चाहेमा त्यो सुविधा संविधानले दिएको गृहमन्त्रीको भनाई छ ।
उनले संविधानमा अपुग भएका व्यवस्थाहरुबारे बहस गरेर संविधान कार्यान्वयनमा ढिलाई नगर्न पनि आह्वान गरे । गृहमन्त्री बस्नेतले संविधान संशोधनका लागि फेरि सडकमा आन्दोलन गर्नै नपर्ने अवस्था नयाँ संविधानले सिर्जना गरिदिएको पनि बताए । आजको अन्नपूर्ण पोष्टमा यो समाचार छ ।








