काठमाडौं । बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणमा शनिबार अपराह्न काठमाडौं आइपुगेका छन्।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी नेपाल आएका हुन् ।
राजकुमार ह्यारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृतले स्वागत अभिवादन गरेका थिए।
![a]nfotL /fhs'df/ Xof/L sf7df8f}Fdf a]nfotsf /fhs'df/ x]g/L rfN;{ cNj6{ 8]le8
Xof/LÚ g]kfnsf] kfFrlbg] cf}krfl/s e|d0fdf lqe'jg cGt/f{li6«o ljdfg:yndf zlgaf/ ck/fXg cfOk'Ug'x'Fb} . g]kfn / a]nfotaLr s"6gLlts ;DaGw :yfkgf ePsf] @)) jif{ k'u]sf] cj;/ kf/]/ kf/:kl/s ;DaGwsf b'O{ ztfAbLnfO{ lr/:d/0fLo t'Nofpg a]nfotsL dxf/fgLsf k|ltlglwsf ¿kdf /fhs'df/ Xof/L g]kfn cfpg'ePsf] xf] . tl:a/ M k|bLk/fh jGt, /f;;](http://baahrakhari.com/wp-content/uploads/2016/03/Rss_Images_1458383350366_Pro_ktm_Harry2.jpg)
नेपालका लागि बेलायती राजदूत रिचर्ड मरीस, लण्डनस्थित नेपाली राजदूतावासका कावा राजदुत तेजबहादुर क्षेत्री र अन्तर्राष्ट्रिय विकासका लागि बेलायती सहयोग नियोग (डिएफआइडी) का प्रमुखलगायतले पनि स्वागत गरेका थिए।
राजकुमार ह्यारीले विमानस्थलबाट बाहिर निस्कने क्रममा हात हल्लाएर विमानस्थलमा उपस्थित सर्वसाधारणलाई अभिवादन गरेका थिए । राजकुमार ह्यारीका साथ विदेश राज्यमन्त्री ह्युगो स्वायरलगायत थिए ।
नेपाल सरकारको निमन्त्रणामा राजकुमार ह्यारी पहिलोपटक नेपाल आएका हुन् । बेलायतकी महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गरेका थिए । युवराज चाल्र्स, तत्कालीन युवराज्ञी डायना र राजकुमार फिलिपबाट नेपालको भ्रमण भइसकेको छ । बेलयातसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने दक्षिण एसियामा नेपाल पहिलो मुलुक हो ।
राजकुमार ह्यारीको कार्यक्रम
प्रधानमन्त्री केपी शर्मा ओली र राजकुमार ह्यारीबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटघाटको कार्यक्रम रहेको छ । त्यसलगत्तै शनिबारै साँझ राजकुमार ह्यारीको सम्मानमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले स्वागत समारोहको आयोजना गर्नेछन्। सो अवसरमा राजकुमारले स्वागत समारोहमा सहभागी नेपाल सरकारका मन्त्रीहरू, उच्चपदस्थ अधिकृतसँग भेटघाट गर्नेछन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजकुमार ह्यारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार शिष्टाचार भेटको कार्यक्रम तय भएको छ ।
गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले पुर्याएको क्षतिप्रति राजकुमार ह्यारीले चिन्ता व्यक्त गर्दै नेपाल भ्रमणको चाहना राखेका थिए । नेपाल भ्रमणका क्रममा राजकुमार ह्यारीले गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले क्षति पुर्याएका ललितपुर र भक्तपुरका विभिन्न स्थलको अवलोकनसमेत गर्नेछन् ।
उनले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विक स्थलमा भूकम्पले पारेको क्षतिको अवलोकन गरी जानकारी लिनेछन्। साथै उनले नागबहालस्थित ‘गोल्डेन टेम्पल’ को अवलोकन गर्ने कार्यक्रम छ ।
पुरातात्विक तथा ऐतिहासिक स्थल घुम्न र यसका बारेमा जानकारी राख्न उत्सुक राजुकुमार ह्यारीले ती स्थलमा भूकम्पले पुर्याएका क्षति र पुनःनिर्माणका बारेमा जानकारीसमेत लिनेछन् । परम्परागत काष्ठकला र सीपका बारेमा पनि उनले जानकारी लिनेछन् ।
सोही दिन राजकुमार भक्तपुर गई भूकम्पपीडित समुदायसँग उनीहरूका भोग्नुपरेका दुःख र व्यथा सुन्ने र सहानुभूति प्रकट गर्नेछन् । नेपाल रेडक्रस सोसाइटीद्वारा त्यहाँ अवस्थित विपद्का समयमा वितरण गरिने आकस्मिक राहत सामग्रीका बारेमा पनि जानकारी लिनेछन् ।
सो सामग्री बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले सोसाइटीलाई सहयोग गरेको थियो । राजकुमार ह्यारीले अस्थायी शिविरमा रहेका करिब २५० भूकम्पपीडितलाई सामूहिक रुपमा भेटघाट गर्नेछन्। त्यहाँ राजकुमारले उनीहरुका अनुभवलाई सुन्नेछन् ।
वर्दियामा वन्यजन्तु र जलयात्राको कार्यक्रम
सोमबार र मङ्गलबार राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा बिताउनेछन्। वन्यजन्तु प्रत्यक्ष रुपमा हेर्न उत्सुक ३२ वर्षीय राजकुमारले बर्दिया राष्ट्रिय वन्यजन्तु निकुञ्ज रहेका वन्यजन्तु खासगरी गैँडा, हात्ती र बाघका बारेमा जानकारी लिनेछन् ।
साथै उनले जलयात्राको मज्जासमेत लिनेछन् । विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पुर्याउँदै आएको छ । त्यहाँका वन्यजन्तु हेर्न हरेक वर्ष करिब १० हजार विदेशी पर्यटक जाने गर्दछन् ।
पदयात्रा, होमस्टे र दृश्यावलोकन
पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जानेछन्। उनले भूपू गोर्खा सैनिकका परिवारजनसित भलाकुसारी समेत गर्नेछन् । सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जाने नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।
राजकुमार ह्यारीले लमजुङमा गोर्खा होमस्टेमा रात बिताउने कार्यक्रम छ । पोखरा, लमजुङ र बर्दिया घुमाइका क्रममा स्थानीय समुदायबाट प्रदर्शित हुने लोकसंस्कृतिको राजकुमारले प्रत्यक्षरुपमै रसास्वादन गर्नेछन्। उनले सूर्योदय तथा सूर्यास्तको मनमोहक दृश्यावलोकनको समेत आनन्द लिनेछन् ।
भ्रमणका क्रममा राजकुमारबाट नेपालमा पहिलोपटक आयोजना हुन लागेको बालिका सम्मेलनमा सहभागी हुनेछन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ), बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)को आर्थिक एवम् प्राविधिक सहयोगमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले सो सम्मेलन आयोजना गर्न लागेको हो ।
राजकुमारले सोही दिन कान्ति बाल अस्पताल जानुभई अस्पतालको नवजातशिशु कक्षसहित विभिन्न बार्डको कामका बारे जानकारी लिनेछन् । त्यस्तै सानोठिमीस्थित प्राविधिक विद्यालय गई प्राविधिक शिक्षाका बारेमा जानकारीसमेत लिनेछन् । भ्रमणको अन्तिम दिन राजकुमार ह्यारीले आफ्ना अनुभव सार्वजानिकसमेत गर्नेर्छन् ।
सन् १८५२ मा प्रधानमन्त्री जङ्गबहादुर राणाबाट प्रारम्भ भएको उच्चस्तरीय नेपालबाट बेलायत भ्रमण आदानप्रदानले दुईदेशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउँदै आएको छ । बेलायतले नेपालको आर्थिक तथा सामाजिक विकासमा ठूलो सहयोग पुर्याउँदै आएको छ ।
साहस र वीरताका लागि प्रख्यात नेपाली युवाहरु सन् १८१५ देखि बेलायतको गोर्खा ब्रिटिस फौजमा समावेश गरिँदै आएको छ । पहिलो र दोस्रो विश्व युद्धमा ४० हजार गोर्खा सैनिकले ज्यान गुमाएका थिए । गोर्खा सैनिकमा कार्यरत १३ नेपाली विश्व प्रख्यात भिक्टोरीया क्रस पदकबाट विभूषित भइसकेका छन् ।
राजकुमार ह्यारीले सन् २००७/८ मा अफगानास्तिानमा खटिएको गोर्खा सैनिकसँग सहभागी भएर सेवासमेत गरेका थिए । सो सेवाका क्रममा गोर्खा सैनिकको कामबाट प्रभावित भएका ह्यारीले ‘गोर्खा सैनिकका बीचमा रहँदाको जस्तो सुरक्षा अन्त कतै नहुने महसुस गरेको’ टिप्पणी गरेका थिए । रासस








