काठमाडौं कहिले माछा त कहिले खादाले स्तन छोपिएको तस्बिरका कारण चर्चा र विवादमा छाउने गरेकी अभिनेत्री, निर्मात्री शुभेच्छा थापाले अब आइन्दा यस्ता हर्कत नगर्ने दाबी गरेकी छिन् ।
शुभेच्छाले आफूले निर्माण गरेको फिल्म मिस नेपालको प्रदर्शनताका माछाले स्तन छोपेर फोटो सेसन गरेकी थिइन् । ती फोटा सार्वजनीक गरेसँगै उनी चर्चा र विवादमा फसेकी थिइन् । मिस नेपालको आयोजक संस्थाले समेत उनको त्यस्तो क्रियाकलापप्रति आपत्ति जनाएको थियो । मिस नेपालको पब्लिसिटीका लागि माछाले स्तन छोप्नु ‘लडाइँ’ भएको शुभेच्छा बताउँछिन् । ‘मैले मिस नेपाल नाम राखेर फिल्म बनाएँ । मिस नेपालका आयोजकलाई केको टाउको दुखाइ रु’ उनी भन्छिन्, ‘नचाहिने कुरामा झमेला गर्न खोजेपछि मैले पनि ‘माछाकाण्ड’ मच्चाएँ । त्यो उनीहरूविरुद्ध मेरो लडाइँ थियो । मैले फिल्म रिलिज गरेर युद्ध जितेँ ।’
‘माछावाली’ भनेर समेत कहलिँदै गर्दा उनले फेरि अर्को चर्तिकला देखाइन्– स्तन र कम्मर खादाले छोपेर । आफू अभिनित बिन्दास–३ को पब्लिसिटीका लागि उनले त्यसो गरिन् । तर, त्यसले उनलाई फाइदा दिलाएन । ‘खादाकाण्ड’ भने भुलवश भएको उनको दाबी छ । ‘खादा बाँध्नुचाहिँ हाम्रो टिमकै कमजोरी हो । त्यसमा गल्ती भएको म स्वीकार्छु । त्यसप्रति मैले क्षमा मागिसकेकी छु,’ उनी भन्छिन् ।
अब भने यस्ता हर्कत नगर्ने जिकिर उनको छ । उनले निर्माण गरेको मखमली फिल्म १९ चैतमा रिलिज हुँदै छ । सो फिल्मको पोस्टर, प्रमोसनमा भने दर्शकले आफूलाई गुन्युचोलीमा देख्ने उनको दाबी छ । ‘अब विगतका गल्ती दोहोर्याउनेछैन । मखमलीमा म गुन्युचोलीमा देखिनेछु ।’







