६४ पद : ३७५ उम्मेदवार

६४ नेता छान्न ३१ सय ८२ प्रतिनिधिका अगाडि ३७५ उम्मेदवार, मतदान व्यवस्थित गर्न नौ रङका नौथरी मतपत्र
सभापतिदेखि सदस्यसम्म को–को छन् उम्मेदवार ?
congress-2-660x330काठमाडाैं । सभापतिका कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्ण सिटौलाको उम्मेदवारी परेको छ ।

महामन्त्री : पौडेलपक्षबाट शशांक कोइराला, देउवा पक्षबाट अर्जुननरसिंह केसी र सिटौला पक्षबाट गगन थापा उम्मेदवार ।

कोषाध्यक्ष : पौडेलको समूहबाट सीतादेवी यादव, देउवा पक्षबाट चित्रलेखा यादव र सिटौलाको खेमाबाट उमाकान्त चौधरी उम्मेदवार । पोखराका कृष्ण कार्की प्यानलविनाको स्वतन्त्र उम्मेदवार ।

केन्द्रीय सदस्य (२५ खुलातर्फ) : अशोक कोइराला, उत्तरबहादुर ऐर, उदयशमशेर राणा, उमेशकुमार मिश्र, एन.पी. साउद, कमलेशकुमार शर्मा, किरणराज पौडेल, कुलबहादुर (के.बी. गुरुङ, केशवराज आचार्य, खुमबहादुर खड्का, गजेन्द्र कार्की, गोपालमान श्रेष्ठ, गोविन्दराज जोशी, प्रा.डा. गोविन्दराज पोखरेल, गोविन्दबहादुर शाह, घनश्याम रेग्मी, चन्द्रबहादुर के.सी., चन्द्र भण्डारी, चिरञ्जीवी वाग्ले, चिरञ्जीवीनिधि तिवारी, जिपछिरिङ लामा, टेकराज पौडेल, डिना (महालक्ष्मी) उपाध्याय, तारानाथ दाहाल, तारानाथ रानाभाट, तिलकप्रसाद सापकोटा, धनराज गुरुङ, धावा गुरुङ (दावा), ध्रुव वाग्ले, डा. नारायण खड्का, निरू पोखरेल, पद्मनारायण चौधरी, पूर्णबहादुर खड्का, पूर्णकुमार सेर्मा लिम्बू, पुष्पराज पराजुली, पुष्करनाथ ओझा, प्रकाशकुमार उपाध्याय, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, प्रदीप गिरि, प्रदीप पौडेल, प्रदीपराज शर्मा, प्रवीन बन, प्रशान्तमान सिंह मास्के, प्रेमबहादुर खड्का, बद्री पाण्डे, बलबहादुर के.सी., बलबहादुर खवास, वर्षाराम भण्डारी, बालकृष्ण खाण, बालकृष्ण दाहाल, विनयध्वज चन्द, विमलेन्द्र निधि, डा. भगवालप्रसाद यादव, मनमोहन भट्टराई, महेन्द्रकुमार शर्मा, महेश आचार्य, महेश थपलिया, डा. मीनेन्द्र रिजाल, मित्रसेन दाहाल, मोहन ज्ञवाली, मोहम्मद निजामुद्दिन, युवराज शर्मा, रउफ अहमद खाँ, रमेश लेखक, राजन के.सी., राजेन्द्र बजगार्इं, राजेश आचार्य, रामकृष्ण ताम्राकार, रामचन्द्र पोखरेल, डा. रामशरण महत, रामहरि खतिवडा, सूर्यमान गुरुङ, लक्ष्मणप्रसाद घिमिरे, लक्ष्मणबहादुर बस्नेत, वासुदेव तिमल्सिना, विश्वप्रकाश शर्मा, सुशील नाहटा, डा. शेखर कोइराला, शोभाकर पराजुली, शंकर भण्डारी, साधुराम खड्का, सीताराम भण्डारी, सुजाता कोइराला, सुनीलनरसिंह राणा, डा. सुरेशचन्द्र चालिसे, सुवासकुमार पोखरेल, हरिबोल भण्डारी, हरिबहादुर खड्का, हुर्मतकुमार न्यौपाने, हस्तबहादुर मल्ल, हाजिम अब्दुल मियाँ, त्रैलोक्यप्रताप सेन, ज्ञानेन्द्रबहादुर कार्की ।

रोबोटदेखि नाचगान गरेर प्रचार
केन्द्रीय समितिका ६४ पदका लागि तीन सय ७२ को उम्मेदवारी परेको छ । प्रदर्शनीमार्ग र भृकुटीमण्डपमा उनीहरुको प्रचारप्रसारको निकै चहलपहल छ । पुतलीसडक र पर्यटन बोर्डछेउको क्षेत्रमा प्रचारमा नेता–कार्यकर्ता खटिएका छन् । यो क्षेत्रमा निजी सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । केन्द्रीय सदस्यका उम्मेदवार प्रदीप पौडेलका समर्थकले रोबोटबाट उनको प्रचार गरिरहेका छन् । नाचगानदेखि माइकिङ, पर्चा–पम्प्लेट, फ्लेक्स, ब्यानर, पुस्तिकाका माध्यमबाट पनि उम्मेदवारको प्रचार भइरहेको छ । प्रदर्शनीमार्ग र भृकुटीमण्डप उम्मेदवारका फ्लेक्स र ब्यानरले रंगी–चंगी भएका छन् ।

के छ निर्वाचनको कार्यतालिका ?
निर्वाचन समितिले शुक्रबार सााझ उम्मेदवारी परेकाको नामावली प्रकाशन गरेको छ । उम्मेदवारीमाथि दाबी–विरोधका लागि शनिबार बिहान नौ बजेसम्मको समय तोकिएको छ । शनिबार बिहान नौ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी मतपत्र छाप्ने तयारी निर्वाचन समितिले गरेको छ ।

नौ रङका नौ मतपत्र
चुनावमा नौ किसिमका मतपत्र बनाइँदै छन् । केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीका अनुसार सभापतिको एक तथा महामन्त्री र कोषाध्यक्षको एक मतपत्र हुनेछ । त्यस्तै, खुलातर्फका २५ सदस्य र प्रदेशबाट दुई–दुईका दरले निर्वाचित हुने सदस्यका लागि छुट्टाछुट्टै मतपत्र बनाइनेछ । आरक्षित कोटाबाट निर्वाचित हुने महिला, जनजाति, मधेसी, दलित र मुस्लिम उम्मेदवारको पनि छुट्टाछुट्टै मतपत्र हुनेछ । सबै मतपत्र फरक–फरक रङका हुनेछन् ।
बन्दसत्रमा पेस भयो नीति तथा कार्यक्रम
कांग्रेस महाधिवेशनको बन्दसत्रमा कार्यबाहक सभापति रामचन्द्र पौडेलले तयार पारेको नीति तथा कार्यक्रम पेस भएको छ । २६ पृष्ठ लामो कार्यक्रममा मुख्य राजनीतिक प्रस्ताव, वर्तमान राजनीतिक परिवेश र कांग्रेस, परिवर्तनको नेतृत्व र कांग्रेस, संविधानको कार्यान्वयन, पीडित शोषित जनताप्रतिको दायित्वलगायतका शीर्षक छन् । सामाजिक नीति तथा कार्यक्रमअन्तर्गत पार्टीको सामाजिक दृष्टिकोण, महिला, विपन्न तथा ज्येष्ठ नागरिक, अपांगता भएको समुदाय, युवा, दलितका मुद्दा, तराई मधेसका मुद्दा, कर्णाली–दुर्गम हिमाली क्षेत्र, आदिवासी जनजाति, थारू, मुस्लिम, अल्पसंख्यक समुदाय, विदेशस्थित जनसम्पर्क समितिका विषय उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमको अन्य सम्भावना र विकासको वातावरण शीर्षकअन्तर्गत सबैलाई गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा, श्रम तथा रोजगार आदिको विस्तारबारे चर्चा छ । आर्थिक नीतिमा मूल नीति– आर्थिक पुनर्निर्माण छ । त्यस्तै, आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रअन्तर्गत कृषि क्रान्ति, पर्यटन विस्तार, ऊर्जा विकास, सहरीकरण र आर्थिक वृद्धि, भौतिक पूर्वाधार, अन्तर्राष्ट्रिय सम्बन्ध, पार्टी संगठन र सुदृढीकरण र प्रतिबद्धतालगायतका विषय उल्लेख छन् ।

नीति तथा कार्यक्रम पेस हुनुअघि बन्दसत्रमा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले महामन्त्रीको प्रतिवेदन र कोषाध्यक्ष चित्रलेखा यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।

महामन्त्रीद्वयको प्रतिवेदनमा शान्तिप्रक्रिया र पहिलो संविधानसभाको अवसान, दोस्रो संविधानसभाको निर्वाचन, सरकार गठन र संविधान निर्माण, विनाशकारी भूकम्प र कांग्रेसको भूमिका, संविधान घोषणापछिको अवस्थाबारे उल्लेख छ । पार्टीको आन्तरिक संगठन, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गरेका कार्यक्रम, महाधिवेशनको कार्यतालिकालगायतका विषय प्रतिवेदनमा उल्लेख छन् ।

कोषाध्यक्षको प्रतिवेदनमा आव ०६७/६८ देखि ०७१/०७२ को आय–व्यय विवरण उल्लेख छ । नयाँ पत्रिका ।

सम्बन्धित शिर्षकहरु