सिड्नी,’यो अत्यन्त रमाइलो र आनन्ददायी छ’, जिम्मिले भने । यो हप्ताको आइतबार केही दर्जन मान्छेहरु सिड्नीको कोब्लर्स नदी किनारामा जम्मा भए र यहाँको ‘नाङ्गै नुहाउने वार्षिक कार्यक्रम’मा सहभागी हुन महासागर छिरे । जिमीले भने-यो सामान्य विचारमा आधारित छ, ‘मायाप्रेममा डुबुल्की मारौँ , युद्धमा होइन ।’
यो अभियान अष्ट्रेिलयन लेखक तथा व्यापारी निगेल मार्सले २०१३ देखि थालेका हुन् । उनले यो सुनसान शहरमा केही चमक ल्याउन तथा मान्छेको छाला तथा नग्नताप्रतिको दृष्टिकोण बदल्न अभियान थालेका हुन् । यहीँ नग्न नुहाउन आएकी ७१ वषिया मेरीले भनिन्, ‘हामीलाई नै थाहा छैन, यस्तो खालको कार्यक्रम गर्नुपर्छ भन्ने धारणा कसरी आयो । सम्भवत: फेसबुकबाट आयो होला । तर कुराचाहीँ यही हो कि आफ्नो शरिर देखि कसैलाई ग्लानी नहोस् बरु गौरवबोध भन्ने सोचेर हामीले यो अभियान थालेका हौँ ।’
मेरीले बताइन्, ‘हामीसँग हजारौँ बेग्लाबेग्लै शरिर छन् र ति सबै विशेष छन् । आफ्नो शरिरप्रति गर्व गर्न सिकौँ ।’ मेरीले यस पटकको नग्न नुहाउने उत्सवमा आफ्ना ३ जना साथीहरुलाई पनि मनाएर ल्याएकी थिइन् ।
सुबेल भण्डारी (डिपिए) को सहयोगमा







