दुर्घटनामा बाँचेका घाइते यसो भन्छन्

slide-2जुम्ला, कालिकोटमा भएको काष्ठमण्डप एयरको विमान दुर्घटनामा परेर बाँचेका यात्रुले आफूहरुलाई तत्काल उद्धार गर्न आग्रह गरेका छन् ।
‘
हामीलाई उद्धार गर्नु सहयोग गर्नुपर्यो‍‍’ विमानमा यात्रारत जुम्लाका मेघराज गिरीले टेलिफोनमा रुँदै भने ‘हेलिकप्टर मगाई दिनुस ।’ गिरीले यति भनेपछि उनीसँगको टेलिफोन सम्पर्क हुन सकेको छैन।

नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरलाइन्सको बिमान कालिकोटको चिलखाया गाविसको वडा नम्बर २ जिंगले भन्ने स्थानमा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । दुर्घटनाबारे जानकारी दिँदै गिरीले भने ‘हामी उडिरहेका थियौं । एक्कासी ठुलो आवाज आयो र पंखा वन्द भयो ।’

पाइलटले आफू मरेर पनि यात्रुलाई जोगाएको उनले बताए । एक जना पाइलटको तत्कालै र अर्का पाइलटको दुर्घटनाको केहिबेरपछि निधन भएको गिरीको भनाई छ ।

विमानमा को को थिए?

विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो । विमानमा ११ जना थिए । विमानमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना थिए ।

यस्तै मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री यात्रु थिए ।

उनीहरु मध्ये जगदम्बाको साथमा बच्चा पनि रहेको खुलेको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धिरु बस्न्यातले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु