अभिनयबाहेक अरु केही गर्न जान्दिन : विद्या वालन

परिवारलाई समय दिन्छु
एजेन्सी, विवाहपछि मैले कम काम गरेकी हुँ । तर, फैसला गरेर होइन । स्वास्थ्यमा समस्या देखिएर हो । काम गर्ने सन्दर्भमा म ‘क्रेजी’ छु, जे गर्छु, आफूलाई पूरै समर्पण गरेर गर्छु । काम गर्दा आफ्नै लागि समय पनि बचाउन सक्दिनँ । एउटा काम सकेपछि मलाई लामै समय ‘मेन्टल’ र ‘फिजिकल’ ‘ब्रेक’ आवश्यक पर्छ । अहिले म सातामा तीन दिन ‘स्क्रिप्ट’ पढिरहेकी छु । बचेका दिन परिवारलाई समय दिन्छु । कहिलेकाहीँ पुराना साथीसँग भेट्छु । घरमा फिल्म हेर्छु, किताब पढ्छु ।

व्रत बस्दिन
मलाई अन्धविश्वासमा विश्वास छैन । तर, यसको अर्थ मैले प्रार्थना गर्दिनँ भन्ने होइन । म अत्यन्त धेरै प्रार्थना गर्छु । तर, त्यसका लागि मेरो आफ्नै शैली छ । म जस्तो प्रार्थना गर्छु, त्यो मबाहेक अरूले बुझ्नै सक्दैनन् । तर, आजसम्म म व्रत बसेकी छैन, न कहिल्यै विशेष दिन भन्दै मन्दिर गएकी छु ।

स्वार्थी छु
म स्वार्थी छु । म आफ्नो लक्ष्यबारे खासै योजना बनाउँदिनँ । ‘कन्फ्युज’ अत्यधिक हुन्छु, ‘सेल्फ सेन्टर्ड’ छु । मेरा लागि यो दुनियाँमा अरू कसैको पनि अस्तित्व छैन । कुनै पनि कुराले मलाई आकर्षण गर्‍यो भने म त्यो तत्काल गर्छु । म चाहन्छु, सलमान खानको जस्तै मेरो फिल्म हेर्न पनि मानिस ओइरिऊन् । मलाई देखेर मानिस ‘क्रेजी’ होऊन् । यस्तो भए कस्तो गजब हुने थियो ।

अभिनय मात्र
मसँग अभिनयबाहेक अरू कुनै ‘ट्यालेन्ट’ छैन । त्यसैले, म विभिन्न क्षेत्रबारे पनि सोच्दिनँ । ‘प्रोडक्सन हाउस’, ‘फिटनेस डिभिडी’, अनलाइन काम, ‘टेलिसिरियल’ वा ‘सिरिज’ ‘होस्टिङ’ मेरा काम होइनन् । म अरू केही गर्न सक्दिनँ, अभिनय मात्र गर्छु ।नयाँ पत्रिकाबाट

सम्बन्धित शिर्षकहरु