काठमाडौं, पछिल्लो जानकारी अनुसार हराएको विमानमा पूर्व जिविस सभापति, गाविस सचिवदेखि नायव शुब्बासम्म रहेको खुल्न आएको छ ।
उक्त विमानमा जिल्ला प्रशासन कार्यालय मुस्ताङकी नायव शुब्बा रेवती बराल र मुक्तिनाथ गाविसका सचिव मुक्तिनाथ बास्तोला पनि सवार रहेका थिए । रेवती बढुवाका लागि अन्तिम पटक मुस्ताङ हिँडेकी थिईन । त्यस्तै, मुस्ताङको पूर्व जिविस सभापति कृष्णलाल भट्टचन, कोलिनाकाका लेखा अधिकृत वालकृष्ण निउरे र नेपाली सेनाका राजकुमार तामाङ पनि विमानमा सवार थिए ।
बरिष्ठ पाइलट रोशन मानन्धरले विमान उडाएका थिए । विमानको कोपाइलट विकेश एमफूल र एअर होस्टेस रमा रावल रहेकी थिइन् । यसैगरी विमानमा फेन्जोक गुरुङ, लक्ष्मी हिराचन, पवित्रा केसी, रहरसिद अहमद, विनिता भट्टचन, कान्छा परियार, डोल्पाछिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, म्याक्सु वाइन्जी, लेप्साङ लामा, देवीजंग गुरुङ, दीलकुमारी गौचन र मोतीबहादुर केसी सवार रहेका थिए ।








