काठमाडौं, विमान हराएलगत्तै तारा एयरले विज्ञप्तीमार्फत जोमसोम र पोखराको मौसम अनुकुल भएकाकारण विमान उडाएको जनाएको छ । उक्त विमान विहान ७ बजेर ५० मिनेट जादा उडेको र अहिलेसम्म सम्पर्कमा नआएको जानकारी दिएको छ ।
एयरलायन्सका अनुसार ९ एन ए एचएच कल साइन भएको डिएचसि सिक्स चार सय वायुयानमा अत्याधुनिक प्रविधि जडान गरिएको थियो । उक्त विमान हालसालै क्यानाडाको भाइकिङ कम्पनीले उत्पान गरेको जनाइएको छ ।








