भीमदत्तनगर, नेपाली कांग्रेसका सभापति स्व सुशील कोइरालाको अस्तु आइतबार महाकाली नदीमा विसर्जन गरिएको छ ।
पूर्वप्रधानमन्त्री कोइरालाको १३औँ दिनको पुण्यतिथिमा अवसर पारेर महाकाली नदीको भुजेला घाटमा अस्तु विसर्जन गरिएको हो । कांग्रेस कञ्चनपुरका पार्टी सभापति एवम् सांसद बहादुरसिंह थापाले काठमाडौँबाट ल्याइएको पूर्वप्रधानमन्त्री कोइरालाको अस्तु कञ्चनपुरको
भीमदत्तनगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा विसर्जन गरेका हुन् । सो अवसरमा पार्टी सचिव भोजराज बोहरालगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागिता थियो ।








