प्रधानमन्त्री ओली आज भारत जाँदै

K.P. Oli Photo: THT file

फागुन ७ । काठमाडौं, ६ दिने भारत भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार  भारत प्रस्थान गर्दैछन् । ओली शुक्रबार  दिउँसो ३ बजे नेपाल एयरलाइन्सको विमानबाट दिल्ली प्रस्थान गर्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालले बाह्रखरीलाई जानकारी दिए ।

उनकाअनुसार प्रधानमन्त्री ओली बिहान टुडिखेलमा आयोजना हुने प्रजातन्त्र दिवसको कार्यक्रममा सहभागि भएपश्चात भारत प्रस्थान गर्ने छन् ।

भ्रमणमा को– को सहभागि हुनेछन्?
प्रधानमन्त्रीसहित ४६ जनाको टोली
मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको भ्रमण दलमा सरकारी खर्चमा ४६ जना जाने तय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शेरधन राईका अनुसार प्रधानमन्त्रीसहित भ्रमण दलमा उपप्रधानमन्त्री, सचिव, अन्य कर्मचारी, प्रधानमन्त्रीका सल्लाहकार र सहयोगीसहित ३४ जना र प्रतिपक्षी कांग्रेस, सत्तारूढ एमाले, एमाओवादी र मधेसी मोर्चाका गरी १२ सांसदसमेत प्रधानमन्त्रीको टोलीमा रहनेछन् । निजी खर्चमा करिब २४ उद्योगी–व्यवसायी भ्रमण दलमा हुनेछन् ।

को–को छन् भ्रमण दलमा ?
प्रधानमन्त्री केपी शर्मा ओली
श्रीमती राधिका शाक्य
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा
अर्थमन्त्री विष्णुप्रसाद पौडेल
गृहमन्त्री शक्तिबहादुर बस्नेत
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय
नेपाली दूतावासका उपनियोग प्रमुख कृष्णप्रसाद ढकाल
प्रधानमन्त्रीका परराष्ट्रविज्ञ गोपाल खनाल
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोदकुमार सिंह (दाहाल)
परराष्ट्रसचिव शंकरदास वैरागी
अर्थसचिव लोकदर्शन रेग्मी
परराष्ट्रका भारत शाखा हेर्ने सहसचिव प्रकाशकुमार सुवेदी
प्रमुख शिष्टाचार महापाल रमेश खनाल
सहायक शिष्टाचार महापाल राजाराम बर्तौला
परराष्ट्रका उपसचिव सुरेन्द्र थापा
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य
प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारी
सुरक्षा पाश्र्ववर्ती प्रमुख सेनानी भुवन खत्री
प्रहरीका डिएसपी, एकजना निजी चिकित्सक
सरकारी सञ्चारमाध्यमका चार र सूचना विभागका एक प्रतिनिधि

सांसदहरू
कांग्रेस नेतृ सुजाता कोइराला
कांग्रेस नेता पूर्णबहादुर खड्का
एमाले प्रमुख सचेतक भानुभक्त ढकाल
एमाओवादी प्रमुख सचेतक हितराज पाण्डे
एमाले सांसद डा. राजन भट्टराई
फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव
नेपाल सद्भावना पार्टीका सांसद डिम्पल झासहित १२ जना

त्यसका अलावा निजी खर्चमा पनि भारत भ्रमणमा जानेछन् जसमा;
नेपाल उद्योग वाणिज्य महासंघबाट
पशुपति मुरारकासहित सुरज वैद्य, चण्डीराज ढकाल, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, भवानी राणा, ज्ञानेन्द्रलाल प्रधान, चन्द्र ढकाल, उमेशलाल श्रेष्ठ, साहिल अग्रवाल, ज्योत्सना श्रेष्ठ, त्रिभुवनधर तुलाधर

नेपाल उद्योग परिसंघबाट
नरेन्द्र बस्न्यात, हरिभक्त शर्मा, अनुज अग्रवाल, निर्वाण चौधरी
नेपाल चेम्बर अफ कमर्सबाट
राजेशकाजी श्रेष्ठ, लोकमान्य गोल्छा, दीपक श्रेष्ठ, नरेश श्रेष्ठ
नेपाल घरेलु तथा साना उद्योग महासंघबाट
सुरेशकुमार प्रधान, श्यामप्रसाद गिरी, शोभा गुरुङ

यस्तो छ ६ दिने भ्रमणको तालिकाः
फागुन ७ः साँझ ४ः३० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रि विमानस्थलमा भारत सरकारको स्वागत, सीधै राष्ट्रपति भवन, साँझ ७ बजे बाह्रखमबारोडस्थित नेपाली दूतावासको
रिसेप्सनमा सहभागी हुने, साँझ ९ बजे राष्ट्रपतिभवन फर्किने ।
फागुन ८ः विहान १० बजे राष्ट्रपतिभवनमा श्रद्धाञ्जली, ११ बजे राष्ट्रपतिभवनमै विदेशमन्त्री सुष्मा स्वराजसँग छलफल, १२ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता, १ बजे समझदारीपत्र आदन– प्रदान र प्रेस ब्रिफिङ, अपराह्न ४ बजे राष्ट्रपतिभवनमा गृहमन्त्री राजनाथ सिंहसँग र ४ः४५ मा वित्तमन्त्री अरुण जेट्लीसँग छलफल, साँझ ५ः३० मा उपराष्ट्रपति हमिद अन्सारीसँग मौलाना आजाद रोडस्थित उनकै निवासमा भेटवार्ता, साँझ ७ बजे राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपतिभवनमा शिष्टाचार भेटवार्ता
फागुन ९ः बिहान ९ बजे देहरादुन प्रस्थान, त्यहीँबाट १०ः३० मा हेलिकोप्टरबाट तेहरी हाइड्रो पावर परियोजना अवलोकन, दिउँसो १ः५० दिल्ली फर्कने, ३ः३० बजे भारतीय नेताहरूसँग राष्ट्रपतिभवनमा भेटवार्ता गर्ने।
फागुन १०ः बिहान ९ः३० बजे ऊर्जा राज्यमन्त्री पियुष गोयलले प्रधानमन्त्री ओलीसँग राष्ट्रपतिभवनमा भेटवार्ता गर्ने, ११ बजे भारत विश्व सम्बन्ध पपरिषद्को कार्यालय सप्र हाउसमा सम्बोधन गर्ने, साँझ ६ बजे ताज प्यालेस होटेलमा भारतीय व्यवसायीसँग छलफल गर्ने
फागुन ११ बिहान ७ः३० बजे गुजरातको भुजु प्रस्थान, ९ः४५ भूकम्पपछिको पुनर्निर्माणबारे होटल रेगेन्टा रिसोर्टमा हुने प्रस्तुतीकरणमा सहभागी, ११ः३० बजे भीमसागरको पुनस्र्थापित बस्ती भ्रमण र स्थानीय बासिन्दासँथ छलफल, दिउँसो १ः१५ बजे मुन्द्रा रिलोकेसन साइट तथा जी एण्ड के अस्पतालको निरीक्षण, अपराह्न ४ बजे मुम्बई प्रस्थान, साँझ ७ः३० बजे महाराष्ट्रका गभर्नरसँग राजभवनमा भेटवार्ता ।
फागुन १२ः हिन्दुस्थान युनिलिभरको भ्रमण, एक्सक्लुसिभ व्यापारिक समूहसँग अन्तरक्रियात्मक दिवाभोज, दिउँसो २ः३० बजे अभिनेत्री मनिषा कोइरालाको संयोजनमा बलिउड कलाकारहरूसँग पर्यटन प्रवद्र्धनका लागि छलफल, साँझ ५ बजे नेपालका लागि प्रस्थान

भ्रमणका एजेण्डा यस्ता छन्ः
पुनर्निर्माणका लागि भारतले दिने ७५ अर्ब रुपैयाँ सहुलियत ऋण र २५ अर्ब रुपैयाँ अनुदान सम्झौता हुनेछ । त्यस्तै हुलाकी सडक निर्माणसम्बन्धि सम्झौता पनि हुनेछ । नौ अर्ब रुपैयाँ लागतमा नेपालले पाँचलेनको सडक निर्माण गर्नेगरी व्यवस्थापन करार सम्झौता गर्ने तयारी पनि छ । तर, यसअघि पाँच अर्ब अनुदानमा बन्न भनिएको सडक भने बनेको छैनन् । यस्तै भ्रमणमा नेपाल टेलिभिजन र दूरदर्शन तथा रेडियो नेपाल र प्रसार भारतबीच सम्झौत हुनेछ ।

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा नेपालको सार्वभौमिकता, अखण्डताता तथा राष्ट्रिय हितका कुनै आँच आउन नदिने बताएका छन् । प्रधानमन्त्री ओलीले भ्रमणका क्रमममा कुनै विवादासपद सम्झौता नगर्ने यसअघि बताउँदै आएका छन् ।

सम्बन्धित शिर्षकहरु