अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

अष्ट्रेलिया, अष्ट्रेलियामा नेपाली विद्यार्थी मिलन अधिकारीको मृत्यु भएको छ ।  सन २००९ मा अष्ट्रेलियामा अध्ययनको शिलशिलामा पुगेका उनको असामयीक निधन भएको त्यहाँका नेपालीहरूले जनाएका छन् । ३८ पार्क अभेन्यु बरउडमा बस्दै आएका उनको निधनले नेपालीहरू शोकमग्न बन्न पुगेका छन् ।

धादिङ जिल्ला घर भइ काठमाडौं सानो भर्याङ बस्ने साँझ सकुशल सुतेको तर विहान उठ्दा मृत फेला परेका थिए । तर बिहान उनि मृत अवस्थामा भेटिए । ‘राती करिब १ बजेसम्म कोठामा बस्ने सबैजना खाना खाएर हाँसखेल गर्दै सुतेका थिए, बिहान ५ बजे काममा जानुपर्ने मान्छे ५ः३० सम्म पनि नउठेपछी अर्को रूममा बस्ने साथी उठाउन जाँदा शरीरमा कुनै हलचल भेटेनन र सबैजना उठेर एम्बुलेन्स बोलाएका थिए,’ सँगै कोठमा बस्ने कृष्ण श्रेष्ठले भने, ‘केहिबेरमा एम्बुलेन्स आयो बिशेषज्ञ टोलिसहित र उनिहरुले अधिकारिलाई मृत घोषित गरे ।’ उनले आफू राती ३ बजे कामबाट थकित भएर आएको र सँगै सुत्दा पनि केहि थाहा नपाएको बताए ।

उनी परिवारको एक्लो छोरा हुन । अष्ट्रेलिया आएको ७ बर्ष भएपनी अझै विद्यार्थी भिषामा नै रहेको र अहिलेसम्म नेपाल नगएको मृतक अधिकारिकी दिदी अर्पना शर्माले जानकारी दिइन् ।

मृत्युको कारण खुल्न सकेको छैन । उनको मृत शरीरलाई पोस्ट्मार्टमको लागी लगिएको छ । परिवारले छोराको मुख हेर्ने मन गरे पछी उनको मृत शरिरलाई अन्तिम संस्कारको लागी नेपाल लाने परिवार श्रोतको भनाइ छ । उनको परिवार र आफन्तले अष्ट्रेलियामा रहेको नेपाली समुदायलाई सहयोगकोलागी अनुरोध गरेका छन ।

त्यसैगरी धादिङ समाज अष्ट्रेलियाले पनि सम्पूर्ण मनकारीहरु लाई यो विपदमा आफुले सकेको सहयोग गरिदिनु हुन अनुरोध गरेको छ । धादिंग समाज अस्ट्रेलियाको तर्फबाट कोषाध्यक्ष राधिका बाँनियाले सोसियल मिडिया मार्फत निम्न खाता नम्बरमा आफुले सकेको सहयोग गरिदिनु हुनु सबै दाजुभाइ दिदीबहिनीहरूरुलाई अनुरोध गरेका छन्।

सम्बन्धित शिर्षकहरु