महेश्वर शर्मा,असनेपाल न्युज ,सिड्नी अष्ट्रेलिया,नेपाली चलचित्रको बजार पछिल्लो समय प्रवासमा निकै फस्टाएको देखिन्छ।
यसै क्रममा ६ फेब्रुअरी २०१६ मा सिड्नी अष्ट्रेलियाको ईभेन्ट सिनेमा Burwood मा प्रदर्शन भएको नेपाली चलचित्र “भाग् सानी भाग्” नेपाली दर्शकहरुले अत्यन्तै मन पराए। हाँस्य व्याङ्य,प्रेम हाँसो आँसु र सामाजिक सन्देश बोकेको चलचित्र अत्यन्तै उत्कृष्ट बनेको चलचित्र हेरीसकेपछि दर्शकहरुले प्रतिक्रिया दिए।चलचित्र प्रस्तुतकर्ता बिष्णु चापागाँईले असनेपाल न्युज सँग कुरा गर्दै यो चलचित्रले आगामि दिनमा यस्तै पारिवारिक चलचित्र बनाउन हौसला मिलेको बताए।केकी अधिकारीको प्रमुख भुमिका रहेको चलचित्रमा निर शाह,लय संग्रौला सविन श्रेष्ठ, रमेश बुढाथोकी लगायतको शसक्त अभिनय रहेको छ।चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन।प्रवासमा रहेका नेपाली अभिभावक,अष्ट्रेलियामा रहि विभिन्न क्षेत्रमा कार्यरत नेपाली समुदयको बाक्लो उपस्थिती रहेको थियो।








