अस्ट्रेलिया, महिलामाथि दिनहुँजसो हुने यौनहिंसा निरूत्साहित गर्न एक अस्ट्रेलियाली फोटोग्राफरले प्रचारको नयाँ शैली अपनाएका छन् । रोरी बानवेल नामक ती फोटोग्राफरले फेसबुक र इन्स्ट्राग्राममा महिलाको शरीरमा विभिन्न सन्देशमूलक शब्द पोतिएका तस्विरहरू सार्वजनिक गरेका हुन् ।
अहिले ती तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । उनले समाचार संस्थाहरूसँग प्रतिक्रिया दिँदै महिलाहरूले आफ्नो सुरक्षाका लागि बन्दुक बोकेर हिँड्नु पर्ने समय आइसकेको बताएका छन् ।








