पुस ३० । काठमाडौ,पाँच महिनादेखि तराईमा जारी बन्द हड्ताल र नाकाबन्दीले मध्य तराईको आठ जिल्लाको नगर परिषद प्रभावित भएको छ ।
सरकारको निर्देशन अनुसार पुस मसान्त भित्र नगर, महानगरपालिका, उपनगरपालिका र नगरपालिकाहरुले नगर परिषद सम्पन्न गरसक्नुपर्छ तर प्रस्तावित २ नं परिषदको ८ बाटै जिल्लामा पुस मसान्तभित्र नतर परिषद सम्पन्न हुने भएको छ ।
संघीय मामिला तथा स्थानीय पाँच मन्त्रालयले नगरपालिकाको नगर परिषदलाई अनिवार्य रुपमा सम्पन्न गर्नु पर्ने भन्दै न्युनतम क्षति र कार्य सम्पादन सुचक एम सि पिएम व्यवस्था गरेको छ ।
तर तराई मधेसमा जारी आन्दोलनका कारण रौतहट, बारा, पर्सा सर्लाही, महोत्तरी, धनुषा, सप्त्तरी र सिराहाका नगरपालिकाहरुले अहिले सम्म पनि नगर परिषद सम्पन्न गर्न सकेका छैनन । नगर परिषद गर्ने अन्तिम म्याद आज सम्मको लागि मात्र तोकिएको थियो ।








