प्रचण्ड पत्नि सीता सन्किएपछि…

Lajimpat-Prachandपुस २२ । काठमाडौं, अघिल्लो हप्ता पार्टी मुख्यालय र अध्यक्षको निवासतर्फ सहायकहरुको हेरफेर भएबमोजिम स्वकीय सचिवको जिम्मेवारी सम्हाल्न लाजिम्पाट पुगेका कमरेड जोखबहादुर महरालाई सुरुमै दाँतमा ढुंगा लागेको छ ।

जुत्ता फुकालेर निवासमा पाइला राख्नासाथ एक तलामाथिबाट भनियो, ‘तपाईंले अब तलै खाना खाने है !’ अध्यक्ष पत्नी सीता दाहालले त्यसो भन्दा बिहानको १० बज्न लागेको थियो । त्यसपछिको अर्को वचनले त झनै प्रताप करमेडलाई सीतांग बनाइदियो, ‘अनि परवाना सन्तु दराई सँगै सुत्नु होला नि !’

सामन्ती भाषामा हुने खानेले आफ्ना हरुवा चरुवाका निम्ति बस्ने खाने व्यवस्था मिलाइदिएको ठाउँमा सर्भेन्ट क्वार्टर भन्ने गरिन्छ । घरपछाडिको त्यो क्वार्टरमा अब सशस्त्र र नेपाल प्रहरीका ।।साझापोस्ट।। सुरक्षाकर्मीसहित सरकारी ड्राइभर, परवाना र जोखबहादुर लहरै सुत्ने छन् ।

आफूलाई अध्यक्ष पत्नी तथा पार्टी सल्लाहकार सीता दाहालले यस्तो अपमानजनक शब्द प्रयोग गरेपछि हालै हटाइनेमा परेका शिव खकुरेलसँग सोधेछन्, ‘ रमेश चुडामणि खड्का ले चाहिँ कहाँ खान्थे नि ?’ ‘ज्वाइँ पनि भएको नाताले उनलाई जता पनि खाने छुट थियो । धेरैजसो माथि सिएमहरुसँगै खान्थे ।’

अनि सुताई चाहिँ ? माथि नै ।’ यति जवाफ पाउँदासम्म त मनोबल ठीकठीकै थियो तर जब अध्यक्ष चढ्ने गाडीको अघिल्लो सिट छोरा प्रकाश दाहालबाट कब्जा भयो र प्रहरीको पछुवा गाडीमा हिँड्न बाध्य बनाइयो त्यसपछि जोखबहादुर कमरेडले भन्न थालेका छन्, ‘बुहारीसमेत नटिकेको यो घरमा परिवारभन्दा बाहिरकालाई चाहिँ गाह्रो रहेछ ।’

उनलाई अरु दलका नेताले सम्पर्क गर्न खोज्दा फोन लिएर माथि जान पनि धक मान्नुपर्ने स्थिति छ । त्यसमाथि बिहान ८ बजेभन्दा पहिले र राति ८ बजेपछि अध्यक्षसँग भेट्न नपाइने गरी परिवारको तर्फबाट भित्तामा सार्वजनिक सूचना जो टाँसिएको छ । परिवार अहिले मारवाडी थरका ठूला व्यापारी र शारदा अधिकारी नामक ठेकदारको पकडमा रहेको बताइन्छ । स्रोतका अनुसार, परिवारले प्रचण्डलाई छिटो प्रधानमन्त्री बन्न दबाव दिइरहेको छ । अनन्त ठिक भएर छिटो फर्किएमा उनैले यसको निम्ति वातावरण बनाउने आंकलन समेत गरिएको छ । जनआस्था  ।

सम्बन्धित शिर्षकहरु