प्रचण्डले खोले यस्तो गोप्य कुरा

parchanda2-660x330पुस २२  । काठमाडौं, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो संविधानसभामा पराजय भोगेको आफ्नो पार्टीले त्यसयता जित्दै आएको दाबी गरेका छन् । मंगलबार बसेको क्रान्तिकारी पत्रकार संघको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक लाइन सोझिएको र स्वतन्त्र निर्णय लिन थालिएकाले पार्टीले जितेको बताए ।
संविधान प्राथमिकतामा थियो

एमाओवादीका लागि संविधान सबैभन्दा ठूलो प्राथमिकता थियो भन्दै उनले भने, ‘बिग्रँदै गएको पार्टी पुनर्निर्माण गर्नैपर्ने अवस्थामा पनि हामीले संविधान निर्माणमा ध्यान दियौँ । जसका कारण संविधान बन्न सक्यो ।’ उनले माओवादीका लागि संविधान जीवन–मरणको विषय थियो भन्दै कांग्रेस र एमालेलाई संविधान नचाहिए पनि आफूहरूले डोर्‍याएर संविधान निर्माणसम्म पुर्‍याएको बताए ।

हामीलाई जेल हाल्ने थिए
उनले अघिल्लो संविधानसभामा आफ्नो पार्टीले केही गल्ती गर्दा ठूलो क्षति व्यहोरेको चर्चा गरे । ‘अघिल्लो संविधानसभामा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूले झुक्याए । यसपटक पनि संविधान बन्न नदिन ती शक्तिले कोसिस गरेकै हुन्,’ उनले भने, ‘संविधान बन्न नदिएर उनीहरू जनयुद्धलाई अपराध हो भन्ने पुष्टि गर्न चाहन्थे । हामी केही ठूला नेतालाई त जेलै हाल्नुपर्छ
भन्नेमा थिए ।’

अन्तिममा बाबुरामले साथ छाडे
प्रचण्डले संविधान निर्माणका लागि डा। बाबुराम भट्टराईको ठूलो योगदान रहे पनि अन्तिममा उनले रोक्न खोजेको जिकिर गरे । ‘बाबुरामजीलाई साथ नलिएको भए पनि संविधान बन्दैनथ्यो । बाबुरामजी एक वर्ष यतासम्म हामीसँगै आउनुभयो । उहाँले संविधान निर्माणमा राम्रै भूमिका खेल्नुभएको थियो,’ प्रचण्डले भने, ‘संविधान जारी हुनु ८–९ दिनअघिदेखि भने उहाँले फरक कुरा गर्न थाल्नुभएको थियो । तर, त्यसवेला कसैले संविधानलाई रोक्न सक्दैनथ्यो ।
यसकारण जित्न थालियो

प्रचण्डले पछिल्लो समय पार्टीले जित्दै गएको चर्चा मात्र गरेनन्, त्यसलाई पुष्टि गर्ने कोसिस पनि गरे । ‘मुख्य कुरा त राजनीतिक लाइन नै हो । हामीले दोस्रो निर्वाचनमा हारेपछिको केन्द्रीय समिति बैठकमा पराजयको निर्मम समीक्षा गरेका थियौँ । हामीले कुन वर्गको पक्ष लिने हो, कसका लागि गर्ने हो भन्ने राजनीतिक लाइन नै स्पष्ट भएन । जसले गर्दा पराजय व्यहोर्‍यौँ,’ प्रचण्डले भने, ‘त्यो समीक्षापछि मैले आफूलाई सच्याउँदै लगेँ, स्वतन्त्र निर्णय लिन थालेँ । राजनीतिक लाइन सोझिएपछि हामीले जित्दै गयौँ ।’

नाकाबन्दीले भारतलाई घाटा
प्रचण्डले संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दीले उसैलाई घाटा भएको बताए । उनले भने, ‘नाकाबन्दीका कारण हामीले धेरै दुस्ख पायौँ, तर भारत विश्वभर बदनाम भएको छ । भारतमा मोदीको ग्राफ पनि घटेको छ । नाका खोल्न उनीहरू हतारिएका देखिन्छन् ।’ नयाँ पत्रिका ।

सम्बन्धित शिर्षकहरु