ऐश्वर्यालाई भ्याइनभ्याइ

एजेन्सी, केही समयअघि सञ्जय गुप्ताको फिल्म ‘जज्बा’बाट बलिउडमा ‘कमब्याक’ गरेकी ऐश्वर्या रायलाई अहिले भ्याइनभ्याइ छ । प्रत्येक महिनाजसो उनलाई नयाँ फिल्मका ‘अफर’ आउन थालेका छन् । व्यस्तताकै बीच उनको अर्को नयाँ ‘प्रोजेक्ट’मा सम्झैता भएको खबर आएको छ ।

स्रोत हवाला दिँदै भारतीय मिडियाले लेखेका छन्, ‘सन् २०१६ को सुरुमा घोषणा हुने यो प्रोजेक्टमा ऐश्वर्यासँगै अरू दुई अभिनेत्री पनि देखिनेछन् ।’

अहिले पनि ऐश्वर्या फिल्मको सुटिङमै व्यस्त छिन् । करण जोहर निर्देशित फिल्ममा उनले रणवीर कपुर र अनुष्का शर्मासँग अभिनय गर्दै छिन् । त्यस्तै, उनको अर्को फिल्म सबजित सिंहको ‘बायोपिक’ हो जसको निर्देशन ओमंग कुमार गर्दै छन् । नयाँ पत्रिका।

सम्बन्धित शिर्षकहरु